लन्डन । ब्रेक्जिटको पहिलो चरण वार्ता सफलतातिर गएको खबरले बेलायती पाउण्डको भाउ अन्तर्राष्ट्रिय बजारमा ६ महिना यता उच्च भएको छ । शुक्रबार बिहानै ब्रेक्जिट वार्ता अर्को चरणमा प्रवेश गरेको समाचार लगत्तै पाउण्डको मूल्य १ दशमलब ३४ भन्दा बढि पुगेको छ । पाउन्डको विनिमय दर बढ्नुको कारण सम्झौता बिना नै बेलायत इयूबाट निस्कने हो कि भन्ने त्रास केहि मात्रामा हटेकाले भएको विश्लेषकहरु बताउंछन् ।
दोस्रो चरणको ब्रेक्जिट वार्तामा ब्यापार लगायत बेलायतको इयूसंगको भविष्यमा हुने सम्बन्धबारे सहमत हुनुपर्ने छ । पहिलो चरणको भन्दा दोस्रो पटकको बार्ता धेरै असजिलो हुने अनुमान गरिएको छ ।
ब्रेक्जिट जनमत संग्रह लगातै खस्किएको पाउण्डको भाउले बेलायतमा मुद्रास्फीति बढेको छ । यसले ब्यवसायहरुलाई पिरोल्छ भने निर्यात, लगानी र जम्मा वृद्धिलाई असर गर्छ जसले पाउण्डको भाउ कमजोर बनाउंछ ।
कमजोर पाउण्डले बेलायतमा बस्नेलाई अनेक रुपमा मुल्यमा असर गर्छ । जस्तो- जुनसुकै आयात गरिएको सामानको भाउ बढ्छ, पेट्रोलियम लगायत खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक सामानहरुको भाउ बढ्छ । होलिडे महंगो हुन्छ । यसको अर्थ पाउन्डको क्रय शक्तिमा ह्रास हुने हो । तर, सामान निर्यात गर्दा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सस्तो हुन पुग्छ ।
अन्तर्राष्ट्रिय विनिमयको हिसाबले कमजोर मुद्रामा यसको नाफा पनि कम हुन पुग्छ । नाफा कम भएपछि लगानी अन्यत्र जान्छ भन्ने मान्यता हुन्छ । यसले देशको अर्थतन्त्र लगायत सम्पतिको मुल्यमा पनि गिरावट आउंछ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा