लण्डन । पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्ने पहिचान पुरस्कारका लागि यसवर्ष सातवटा कृति छनौट भएका छन् ।
पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा यज्ञशको भुइँया, सरिता तिवारीको प्रश्नहरुको कारखाना, युग पाठकको माङ्गेना, श्याम सिंगकको रेमिटल्याण्ड, नविन विभाषको रोल्पा सुइना, सचित राईको माङखिम, र राज माङलाकको लिम्बुनी गाउँ रहेका छन् ।
लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धी लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्न सो पुरस्कारको स्थापना भएको हो ।
सो पुरस्कारको राशी २ लाख २ हजार २ रुपियाँ रहेको छ । यसअघि सो पुरस्कारबाट राजन मुकारुङको फेरिँदो सौन्दर्य र अर्जुन खालिङको गोयाङको सुगन्ध पुरस्कृत भएका छन् ।
नेपाली साहित्यलाई सम्बृद्ध बनाउन, पहिचानसम्बन्धी अनुसन्धान र लेखनलाई सक्रिय बनाउन, पुरानो मनोविज्ञान भत्काई नयाँ बहुल समाज निर्माण गर्न पुरस्कार स्थापना गरिएको संस्थापक काङमाङ बताउँछन् ।
पुरस्कारको राशी हरेक पाँच वर्षमा वृद्धि गरिने पनि कोषले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?