
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको बैठक २ डिसेम्बर २०१७, शनिबारका दिन गोरखा प्यालेस रेष्टुरेन्ट, फार्नब्रोमा शाखा अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा शाखाले स्थापना गरेको च्यारिटी सञ्चालक समितिका संयोजक सूर्य गुरुङ र च्यारिटीका अकाउण्टेण्ट लेखनाथ घिमिरेको विशेष उपस्थिति थियो । बैठकले विभिन्न एजेण्डामाथि छलफल गरी महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा महासंघ बेलायत शाखाले स्थापना गर्न गइरहेको च्यारिटीको संरचनागत अवधारणा र यसका प्राविधिक पक्षबारे विस्तृत छलफल भयो । अकाउण्टेण्ट लेखनाथ घिमिरेले यसका प्राविधिक पक्षबारे जानकारी गराइ उठेका जिज्ञासाको जवाफ दिएका थिए । त्यसैगरी संयोजक गुरुङले च्यारिटी संचालनका लागि दिइएको जिम्मेवारीका लागि धन्यवाद दिए । सो छलफलपछि च्यारिटी सञ्चालक समितिमा महासचिव लीलामान शेरपुञ्जालाई थप गरिएको छ । च्यारिटी दर्ताका लागि सम्भावित नामहरु सिफारिस गरी अकाउण्टेण्टलाई दिने निर्णय भएको छ ।
च्यारिटीको बैँक खाता सञ्चालनका लागि संयोजक सूर्य गुरुङ र शाखा अध्यक्ष नरेश खपांगीमगरलाई अख्तियारी दिइएको छ । साथै, च्यारिटीको अन्तिम सहयोग विवरण यही डिसेम्बर १५ मा सार्वजनिक गर्ने निर्णय गरिएको छ । साथै सहयोग दिन बाँकी दाताहरुलाई अविलम्ब सहयोग भुक्तान गरिदिन अनुरोध गरिएको छ ।
बैठकले शाखाको सदस्यता वितरणसम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित दफाहरुसहितको नियमावली छिट्टै शाखाको वेवसाइटमा राखिने शाखाले जनाएको छ । बैठकमा अध्यक्ष खपांगीमगरले एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणका बारेमा जानकारी गराएका थिए ।
बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालकी आमा भगवती दाहालको असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गरियो । शाखाका सल्लाहकार हरिकुमार गुरुङ काजी र महासचिव लीलामान शेरपुञ्जा रसमुर काउन्सिलबाट भोलुण्टियर अवार्डबाट सम्मानित भएकामा बधाई ज्ञापन गरिएको शाखा महासचिव लिलामान शेरपुन्जाले जारी गरेको परिपत्रमा उल्लेख छ ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]