लन्डन । लन्डन मेयर सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने तय भएको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउंदै ट्रम्पको बेलायत भ्रमण रद्द गर्न आग्रह गरेका हुन् । यस अघि पनि बेलायती नागरिकले ट्रम्पको भ्रमणबारे विरोध जनाएका थिए ।
लन्डन महानगर प्रमुख खानले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण बेलायतमा उनलाई उचित सम्मान मिल्न नसक्ने बताएका छन् । प्रधानमन्त्री टेरेजा मे सरकारका प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको बताएका छन् ।
बेलायती गृहमन्त्री एम्बर रडले बिहीबार सरकारको धारणा दोहोरयाउंदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत थियो भनेकी छन् । ‘मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ’, रडले भनिन् । गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिंद बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्ने जनाइन् । ‘वर्तमान् सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई पनि सहन सक्दैन’, रडको भनाइ थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ