लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ भारतमा हुन गइरहेको विश्वभरका उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि छनोट भएको छ । यही नोभेम्बर २८ देखि ३० तारिखसम्म भारतको हाइडराबादस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको ‘ग्लोबल इन्टरप्रिनरसीप समिट ०१७’ मा सगुनले उक्त महत्वपूर्ण अवसर पाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुनमा उक्त समिट आयोजनाको घोषणा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पकी सल्लाहकार इभान्का ट्रम्पले समुद्घाटन गर्ने उक्त सम्मेलनमा विश्वभरका १६ सय भन्दा बढि उद्यमी सहभागी हुने अपेक्षा छ । सहभागी उद्यमी तथा लगानीकर्ताहरुबीच विभिन्न चरणमा वर्कसप, प्रवचन, प्रशिक्षण, नेटवर्किङ आदि हुने भएकाले एकापसमा अनुभव आदानप्रदान र सम्पर्क बढ्ने जनाइएको छ । ‘सबैको समृद्धिका लागि पहिला महिला’ नारासहित महिला उद्यमीहरुका सवालमा सम्मेलन केन्द्रित हुने विश्वास छ ।
सगुनकी सह-संस्थापक तथा प्रोडक्ट एण्ड अपरेसन्स प्रमुख स्वाती दयालले भारतमा पहिलो पटक हुन लागेको उक्त समिटमा सगुन सहभागी हुन पाउनु ठूलो अवसर र सम्मान भएको जनाउंदै आफूहरु खुबै उत्साहित भएको बताइन् । सगुनका संस्थापक गोविन्द गिरीले यसै महिनाको अन्तिमसम्म मात्र सगुनको दोश्रो चरणको लगानी अवसर खुलेका बेला उक्त विश्वव्यापी सम्मेलनमा सहभागिताले लगानी प्रवर्धन र उद्यमीहरुबीच चिनजान तथा सम्वन्ध विस्तार हुने आशा व्यक्त गरे । गिरीले स्टार्ट अप कम्पनी सगुनको लक्ष्य अनुरुप अगाडि बढ्न सम्मेलनले सघाउने विश्वास समेत व्यक्त गरेका छन् ।
सगुनले यही नोभेम्बर ३० सम्ममात्र लगानी गर्ने समयसीमा रहेको जनाउंदै इच्छुक गैर आवासीय नेपालीहरुलाई लगानी गर्न आव्हान गरेको छ । पछिल्लो समय सगुनमा लगानीको आकर्षण बढ्दै गएको छ । बेलायतस्थित नेपाली डायस्पोराले पनि सगुनमा लगानी गर्ने क्रम वृद्धि भएको यसका यूके सल्लाहकार सूर्य गुरुङले जनाए । बेलायतवासी युवाहरु सन्तोष घिमिरे र युवराज सेढाईं अन्तिम समय नजिकिंदै गर्दा सगुनमा लगानी जुटाउन क्रियाशिल छन् । लगानीका लागि प्रति शेयर न्यूनतम एक हजार डलर छ ।
http://www.sagoon.com/invest लिंकमा क्लिक गरि तुरुन्त लगानी गर्न सकिने सगुनले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन