लन्डन । नेपालमा हुन गइरहेको प्रदेश सभाको निर्वाचनमा ४ नम्बर प्रदेशबाट मुख्य मन्त्री बनाउनका लागि यूकेमा अभियान शुरु गरिएको छ ।
तनहुँबाट प्रदेशसभाका उम्मेदवार रहेका नेकपा एमालेका किरण गुरुङलाई सो प्रदेशको मुख्यमन्त्री बनाउन अभियान शुरु गरिएको हो ।
‘खासगरी किरण गुरुङको व्यक्तित्वलाई बढीभन्दा बढी जनसमुदायमाझ प्रचार गर्ने अभियानको उद्देश्य छ’, अभियानका अभियन्तामध्ये एक मुकुन्द बास्तोलाले भने । उनका अनुसार अहिले सोसल मिडिया र इमेलमार्फत सो अभियान सञ्चालन भइरहेको छ ।
अभियानले उनको निर्वाचनलाई सहयोग गर्न यदि कसैले आर्थिक सहयोग गरे सो सहयोग पनि स्वीकार्ने जनाइएको छ । तर बास्तोला भन्छन्, ‘चन्दा नै उठाउन भने यो अभियान चलाएका होइनौं ।’
‘किरण गुरुङलाई मुख्यमन्त्री चुनौँ, विकासलाई रोजौँ’ भन्ने नारा दिइएको सो अभियानमा यूकेबाहेक युरोप, एसिया, अमेरिका, अष्ट्रेलिया लगायतबाट सहभागिता रहेको बताइएको छ ।
यसअघि तनहुँबाट निर्वाचित सांसद गुरुङ बन मन्त्रीसमेत भइसकेका छन् । उनी नेकपा (एमाले) को स्थायी समिति सदस्य छन् ।
‘उनको राजनीतिक यात्रा, विकासप्रतिको दृष्टिकोण र अठोटलाई हेरेर हामी उनलाई विजय बनाउने अभियानमा लागेका हौं’, बास्तोलाले भने । यस अभियानमा एमालेमा आस्था राख्ने मात्र होइन अन्य विचारमा आस्था राख्नेहरु पनि सहभागी रहेको बताइएको छ ।
अभियानलाई एनसीआई ग्रुपका मोहन गुरुङ, चार्टर्ड अकाउण्टेण्ट एलएन पाण्डेलगायतले सहयोग गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा