लन्डन । बेलायत, युरोप अनि कमनवेल्थ देशहरुमा पहिलो र दोस्रो विश्व युद्धलगायत हरेक कालखण्डमा स्वतन्त्रता र मानव हितका निम्ति शहीद बनेका ज्ञात अज्ञात वीरहरुको सम्झना गर्दै श्रद्धान्जलि अर्पण गर्ने समारोह स्याण्डहस्टमा पनि मनाइएको छ ।
१२ नोभेम्बर २०१७, आइतवारका दिन स्यान्डहस्ट मेमोरियल पार्कमा भएको कार्यक्रममा स्यान्डहस्ट टाउनकी लेडी मेयर हेजल हिल, कलेज टाउनका काउन्सिलर पाउलिन मेकेन्जी, ब्राक्नेल बरो काउन्सिलका प्रतिनिधि रोय मेकेन्जी, थेम्स भ्याली सामुदायिक पुलिस अधिकृतहरु, रोयल मिलिट्री एकेडमी स्याण्डहस्टका अधिकृत साथै स्थानीय युनियनका विशिष्ट ब्यक्तिहरु, स्याण्डहस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष रामकुमार लिम्बु, संस्थाका सल्लाहकार ओम थापा, सचिव तारा वनेम, कोषाध्यक्ष भक्त साम्पाङ अनि पुराना पुस्ताका रिटायर्ड गोर्खा, ब्रिटिश सिपाहीहरु र तिनका परिवारको उत्साहजनक उपस्थिति थियो ।
यही अवसरमा नेप्लिज कम्युनिटीका अध्यक्ष राम कुमार लिम्बु अनि सल्लाहकार ओम थापाले शहादतप्राप्त ज्ञात अज्ञात शहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरे । शहीदहरुको सम्झनामा हरेक वर्ष नोभेम्बर ११ तारिख वा त्यस नजिकको आइतबार बिहान ११ बजेर ११ मिनेट जांदा पप्पी दिवसको रुपमा बेलायतभरि नै विभिन्न कार्यक्रम गरि मनाइन्छ ।
इतिहासमा लडिएका ठूला ठूला लडाईंमा आफ्नो ज्यान समर्पण गर्ने शहीदहरुकै सम्झनामा तयार गरिएको स्मारक अनि चर्चहरुमा पप्पी फूलबाट तयार गरिएको माला अर्पण गर्दै दुई मिनेट मौन धारण गरेर शहादत प्राप्त गर्ने वीर योद्धाहरुलाई सम्मान र सम्झना गर्ने प्रचलन छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा