
लन्डन – बेलायतको लण्डनमा यही कात्तिक २२ देखि २४ गतेसम्म आयोजित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटिएम) मा नेपालले आफ्नो सहभागिता जनाएको छ ।
पर्यटन प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तब्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेला विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । जर्मनीको बर्लिनमा मार्च (फागुन) मा प्रत्येक वर्ष आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन’ (आइटिबी) मेला विश्वकै पहिलो पर्यटन मेला मानिन्छ ।
बोर्डको नेतृत्वमा २३ वटा निजी क्षेत्रका पर्यटन संस्थाको सहभागिता रहेको उक्त मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी सहभागी हुनुहुन्थ्यो ।
मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क र विस्तारलाई पुनर्ताजकी गर्ने अवसर मिलेको थियो ।
नेपाल प्रवर्धनका सामग्री राखिएको नेपाली स्टलमा बेलायत र आसपासका मुलुकबाट आएका पर्यटन व्यवसायी, टूर अप्रेटर, निजी कम्पनी तथा मिडियाका प्रतिनिधिले उत्सुक्तातापूर्वक अवलोकन गर्नुका साथै नेपालको अवस्था र विभिन्न पर्यटकीय गन्तब्यबारे जिज्ञासा राखेका थिए ।
मेलामा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी नेतृत्वको नेपाली राजदूतावासको टोलीले नेपाल स्टलको अवलोकन गरेको थियो ।
चर्चित मिडिया बिबिसी र मेला आयोजक डब्लुटिएममा बोर्डका सिइओ जोशीले नेपालको पर्यटकीय गन्तव्य र नयाँ सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।
यसअघि लण्डनस्थित नेपाली राजदूतबासमा आयोजित ‘नेपाल नाइट’ कार्यक्रममा बेलायतका चर्चित टुर अप्रेटर तथा नेपाली व्यवसायीबीच अन्तरक्रिया भएको थियो । विविध सांस्कृतिक प्रस्तुतिसमेत रहेको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सुवेदीले दुई देशबीचको परम्परागत सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै बेलायतबाट नेपालको पर्यटनले लाभ लिनसक्नुपर्ने धारणा व्यक्त गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा