लन्डन । ब्रिटेनमा दर्ता भएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क युके शाखाले नेपालमा भैरहेको चुनावमा कुनै उम्मेदवार विशेषलाई सघाउन चन्दा उठाइरहेको भन्ने टिप्पणीहरु आधारहीन र गलत भएको जनाएको छ।
शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै शाखाका अध्यक्ष डा. प्रणव ज्ञवालीले हेल्प नेपाल नेटवर्क युके ब्रिटेनको च्यारिटी कमिशनमा दर्ता गरिएको एक कल्याणकारी संस्था भएको र च्यारिटी कमिशनको नियम भित्र रही सामाजिक र कल्याणकारी कामकालागि मात्र शुभेच्छुकहरुबाट महिनामा एक पाउण्ड लगायतका सहयोग संकलन गरिरहेको जनाए ।
‘कुनै पनि राजनीतिक उद्देश्यकालागि चन्दा उठाउने कुरा ब्रिटेनको नियमकानुन र यस संस्थाको घोषित उद्देश्य विपरित कुरा हो । त्यसैले त्यस्तो कुनै पनि गतिविधिमा हेल्प नेपाल नेटवर्क युके र हाम्रा सदस्यहरु संलग्न नरहेको स्पष्ट पार्न चाहन्छौं,’ उनले भने।
‘हेल्प नेपाल नेटवर्क युके शाखाले दुई वर्ष अघि गएको भूकम्पपछि रोयल अल्बर्ट हलमा गरेको सांगीतिक कार्यक्रम र ‘लिभरपुल युनाइट्स फर नेपाल’ लगायतका संस्थाहरुको संस्थागत तथा अरु सैयौं सहयोगीहरुको सहयोगबाट हामीले सिन्धुपाल्चोक र गोर्खा जिल्लामा भूकम्पद्वारा क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाइ रहेका छौं। त्यसबाहेक हालै नेपालमा आएको बाढी पीडितहरुलाई प्रभावित इलाकामै गएर हेल्प नेपाल नेटवर्कका स्वयम्सेवकहरुले राहत सामग्री वितरण गरेका छन्। हाम्रा गतिविधिहरुबारे www.helpnepal.net मा गएर थप जानकारी लिन सक्नुहुनेछ,’ अध्यक्ष डा. ज्ञवालीले वक्तव्यमा भनेका छन् ।
‘एउटा सामाजिक संस्थाकालागि उसको इज्जत (reputation) नै सबै चीज हो। त्यसैले १८ वर्ष अघि स्थापना भएको र प्रवासमा रहेका नेपालीहरुद्वारा स्वयंसेवीरुपमा सन्चालित यो संस्थाकाबारे सामाजिक सन्जालमा कुनै पनि टिकाटिप्पणी गर्नुअघि बुझेर तथा संबन्धित पदाधिकारीहरुसंग कुरा गरेर मात्रै लेख्नुहुन हार्दिक अनुरोध गर्दछौं। नेपाल र युकेमा हाम्रा गतिविधि सबैकालागि खुला छन्। तथापि कुनै जिज्ञाशा भए शाखाका कोषाध्यक्ष सचिन श्रेष्ठलाई 07888812312 मा सम्पर्क गर्न सक्नुहुनेछ,’ वक्तव्यमा भनिएको छ।
सामाजिक सन्जालहरुमा काठमाडौं एकबाट चुनाव लडिरहेका विवेकशील साझा पार्टीका संयोजक रबीन्द्र मिश्रलाई सघाउन हेल्प नेपालले बेलायतमा चन्दा उठाइरहेको भन्ने टिका टिप्पणीहरु गरिएपछि हेल्प नेपाल नेटवर्क युके शाखाले वक्तव्य जारी गरेरै तिनको खण्डन गरेको हो ।
हेल्प नेपाल नेटवर्कका संस्थापक रहेका मिश्रले गत मार्च महिनामा बीबीसी नेपाली सेवाको प्रमुख पदबाट राजीनामा दिंदा अब आफू हेल्प नेपाल नेटवर्कसंग पनि संबद्ध नरहेको खुलासा गरेका थिए ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय