लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले सामुदायिक सचेतना कार्यक्रम गर्ने भएको छ । आगामी २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत बिज्ञहरुद्धारा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम गर्न लागिएको हो ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले एसएनपी प्लस र हिलिङडन गोर्खा नेपलिज तथा युथ कम्युनिटीको सहकार्यमा कार्यक्रम गर्न लागिएको जनाएको छ ।
कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले ब्याजदर वृद्धिपछि वर्तमान बजार अवस्थाबारे अवगत गराउने छन् भने करका विविध आयाम सम्वन्धमा सिए समिरनाथ प्याकुरेलले मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरि, सोलिसिटरको भूमिका र कन्भिएन्सिङ प्रक्रियाबारे एक्सम स्टोन सोलिसिटर्सका हितेश शाहले प्रष्टयाउनेछन् । वील्स, स्टेट प्लानिङ र प्रोटेक्सन निड्स विषयमा दर्लामीले नै प्रकाश पार्ने आयोजकले बताएका छन् । बैंक अफ इंग्ल्याण्डले दश वर्षमा पहिलो पटक ब्याजदर वृद्धि गरेपछि ‘भेरिएबल रेट’ मा मोर्गेज तिर्नेहरु प्रभावित हुने आंकलन गरिएको छ ।
सहभागीले सार्वजनिक र व्यक्तिगत रुपमा विभिन्न जिज्ञासा राख्न सक्नेछन् ।
उक्त कम्पनीले विगत वर्षहरुमा गरेको निशुल्क परामर्श सेमिनार प्रभावकारी र लाभदायक ठानिएको थियो ।
नेपाली समुदायलाई भाषिक समस्याकै कारण कतिपय अवस्थामा मोर्गेज रिमोर्गेज र जीवनमा अत्यावश्यक इन्सुरेन्स, वील्स आदिमा अप्ठेरो परिस्थिति सामना गर्नुपरेको जनाउंदै मोर्गेज तथा फाइनान्स बिज्ञ दर्लामीले त्यसको निराकरणका लागि कार्यक्रम राखिएको जनाए । उनले इच्छुक सबैलाई कार्यक्रममा सहभागी भएर लाभान्वित हुन समेत आग्रह गरे ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा