लन्डन । बेलायतका राजकुमार चाल्स र उनकी श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत पुगेका छन् । दुईदिने भ्रमणका लागि उनीहरू भारतको राजधानी नयाँदिल्ली पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्ताका क्रममा उनीहरू बीच दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उनीहरू भारत पुगेका हुन् ।
बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता