लन्डन । तमु प्ये ल्हु संघ यूकेको निम्तोमा कलाकारहरुको एउटा समूह बुधबार सांझ लन्डन उत्रेको छ ।
संघले १७ नोभेम्बरमा अल्डरसटस्थित एम्यायर हलमा गर्न लागेको ‘तमु सांस्कृतिक सांझ’ का लागि गायकद्वय आर के गुरुङ र धन गुरुङ तथा गायिकाहरु भिमु गुरुङ र रुपा गुरुङ लन्डन आइपुगेका हुन् ।
कलाकारहरुलाई स्वागत गर्न तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, क्या. डेमबहादुर गुरुङ, इन्जिनियर विजय गुरुङ, संस्थापक अध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, फोटो पत्रकार मिलन तमु आदि हिथ्रो विमानस्थल पुगेका थिए ।
सामाजिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ गर्न लागिएको उक्त सांस्कृतिक सांझमा सहभागिताका लागि आयोजकले अनुरोध गरेका छन् । उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारका साथ स्थानीय गायिका ममता गुरुङले समेत कला प्रस्तुत गर्नेछिन् ।
तस्विर मिलन तमु
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा