
स्कटल्याण्ड । स्कटल्याण्डको आबर्डिनमा दुई सगरमाथा
आरोहीलाई सम्मान गरिएको छ । स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयरले नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध विषयक कार्यक्रममा
आरोहीलाई सम्मान गरेको हो ।
८८४८ रेस्टुरेन्टको सहकार्यमा भएको कार्यक्रममा सर्वोच्च शिखर सगरमाथा आरोही दावा शेर्पा र स्कटिस आरोही मार्क क्याडमेनलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड प्रोबस्टका प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले संयुक्त रुपमा सम्मान गरे ।
उक्त समारोहमा बोल्दै आरोही शेर्पाले आफू औपचारिक रुपमा तीन र सहयोगीको रुपमा धेरै पटक सगरमाथा आरोहण गरेको जनाए । पर्वतारोहण सहयोगीका रुपमा एक स्कटिस महिला आरोहीलाई मृत्युको मुखबाट बचाएपछि उनले पुनर्जीवन पाएको बताउंदै शेर्पाले त्यही कारण आफू र परिवारलाई स्कटल्याण्ड ल्याएर स्थापित गरेको पनि बताए । त्यस्तै अर्का स्कटिस मार्क क्याडमेनले २०१५ को महाभूकम्पका कारण सगरमाथा आरोहण बीचमै छाड्नु परे पनि केहि महिना अघि मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेको जनाए ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत सुबेदीले स्कटल्याण्ड र नेपालबीचको सम्बन्ध २०० वर्ष पुरानो रहेको बताउंदै अहिले नेपाली समुदाय स्कटल्याण्डमा राम्रोसंग स्थापित भएको देख्दा आफूलाई निकै खुशी लागेको बताए । सो अवसरमा आबर्डिन शहरका लर्ड प्रोबस्टका प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले नेपाली समुदायले स्कटल्याण्डमा गरेको योगदानको प्रशंसा गर्दै नेपाली समुदायलाई धन्यवाद व्यक्त गरिन् ।
आयोजक संस्था अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले सहभागीहरुलाई धन्यवाद दिए भने सचिव सन्तोष गैरेले यस्ता कार्यक्रमले जनस्तरमा नेपाल र स्कटल्याण्ड सम्बन्ध सुमधुर राख्न सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा सोहन घिमिरेले बांसुरी बजाएर नेपाली धुनको परिचय दिएका थिए भने अनुसुया बोहोरा र आध्या रेग्मीले नेपाली नृत्य प्रस्तुत गरे । कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई पन्चकन्याले नेपाली ढाकाटोपी लगाइदिएर स्वागत गरे ।
कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, प्राज्ञ, ब्यवसायी, नेपालसंग सम्बन्धित व्यक्तिहरु र नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा