लन्डन । यूकेको गायन प्रतियोगिता ‘एभरेष्ट आइडल यूके २०१७’ को ग्राण्ड फिनाले यही २८ अक्टोबर सांझ अल्डरसटको एम्पाएर हलमा हुने भएको छ ।
बेलायतमा पहिलो पटक गरिएको ‘एभरेष्ट आइडल यूके २०१७’ को अन्तिम प्रतिष्पर्धामा प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी (दुबसु) हुनेछन् भने पप गीतका प्रवर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए यूके अध्यक्ष, यूकेस्थित विभिन्न संघसंस्थाका प्रमुख, स्थानीय गायक, गीतकार र संगीतकारहरु अतिथी रहने आयोजक इएमएच यूकेले जनाएको छ ।
एभरेष्ट आइडल विजेता र टप थ्रीलाई गीतकार निलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक, संगीतकार तथा गीतकार बिसी राई लगायतले गीत रेकर्ड गरिदिने प्रायोजन गरेका छन् ।
गायिकाहरु शर्मिला बर्देवा र सितु खरेल रिमाल एवं गायक, गीतकार तथा संगीतकार बिसी राई निर्णायक रहने उक्त फाइनलमा उपस्थित दर्शक तथा निर्णायकहरुको भोटको आधारमा विजेता घोषित गरिनेछ ।
प्रथम हुनेले १२ सय पाउण्ड नगद, गीत रेकर्डिङ कन्ट्रयाक्ट सहित विभिन्न पुरस्कार र गीफ्ट हयाम्पर, दोश्रो हुनेले ५ सय पाउण्ड सहित गीत रेकर्डिङ र अन्य गीफ्ट हयाम्पर तथा तेश्रो हुनेले २ सय पाउण्ड सहित गीत रेकर्डिङ र गीफ्ट हयाम्पर प्राप्त गर्ने आयोजकले बताएका छन् ।
एभरेष्ट आइडल यूकेका प्रमुख किसन राईका अनुसार ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
इएमएच यूकेले कार्यक्रममा सहभागी भएर प्रतियोगीलाई हौसला प्रदान गर्दै प्रवासमा समेत नेपाली गीत संगीत र कला जगेर्नामा सहयोग गरिदिन अनुरोध गरेको छ ।
इएमएच लिमिटेड यूकेका सिइओ इश्वर चाम्लिङले एभरेष्ट आइडल यूकेलाई भविष्यमा अझ परिमार्जित गर्दै लैजाने बताए ।
सांझ ५ बजे देखि शुरु हुने ‘एभरेष्ट आइडल’ फिनाले मिस यूके नेपाल २०१४ निया देवान र इएमएच लिमिटेड यूकेका नवराज राईले सञ्चालन गर्नेछन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा