![]()
लन्डन । पांचथर समाज सेवा यूकेको नयां कार्यसमितिको पहिलो बैठक गत २२ अक्टोबर आइतवार सम्पन्न भएको छ । फार्नबोरोस्थित गोर्खा सेक्युरिटी सर्भिसेजको सभा कक्षमा बैठक भएको हो ।
बैठकको सभापतित्व चन्द्र बहादुर सुन्दासले गरेका थिए । उक्त अवसरमा समाजका पूर्व महासचिव नगेन्द्र राज नेम्बाङले निवर्तमान कार्यसमितिको तर्फबाट समाजका सामाग्री औपचारिक रुपमा नयां कार्यसमितिलाई हस्तान्तरण गरे ।
बैठकले गत अगस्टमा भीषण वर्षाका कारण पांचथरको फालेलुङ गाउंपालिकामा आएको पहिरोले ज्यान गुमाएकाहरुका आफन्त र घरवारविहीन परिवारहरुको सहयोगार्थ अर्थ संकलन गर्ने कार्यलाई पूर्णता दिई नोभेम्बरमा उक्त सहयोग राशी नेपाल पठाउने निर्णय गरेको छ ।
त्यस्तै समाजले सातौं पांचथर कप फुटबल प्रतियोगिता आउंदो मे ४ तारिख २०१८ का दिन सदा झैं फेल्थाम कम्युनिटी स्पोर्टस ग्राउण्डमा गर्ने भएको छ । बैठकले टेक माबोको संयोजनमा सातौं पांचथर कप आयोजना समिति गठन गरेको छ । कुल ३२ वटा टिमलाई खेलाइने उक्त प्रतियोगितामा साधारण, भेट्रान र सुपर भेट्रान गरी तीन वर्गमा खेलाइने समाजले बताएको छ । बैठककले प्रतियोगिताका लागि टिम प्रवेश शुल्क २ सय पाउण्ड तोकेको छ ।
बैठकले आगामी दुई वर्षका लागि समाजका कार्ययोजनाहरु समेत तय गरेको छ । जस अन्तर्गत ११ औं वार्षिक समर भेटघाट कार्यक्रम जुन १६ मा र १२ औं भेटघाट कार्यक्रम जुन १५, २०१९ मा गर्ने भएको छ । आठौं पांचथर कप प्रतियोगिताका लागि मिति भने २०१९ को मे ४ तारिख तोकिएको छ । बैठकले आगामी दुई वर्षका लागि सल्लाहकार र क्षेत्रीय प्रतिनिधिहरु नियुक्त गरेको छ भने दिल सम्बाहाम्फेको संयोजनमा विधान संशोधन समिति पनि गठन गरेको छ । महिला विभागको प्रमुखमा श्रीमती नन्द कुमारी सुन्दासलाई नियुक्त गरिएको छ ।
समाजले आगामी दुई वर्षका लागि आफ्ना कार्यक्रमहरुमध्ये उपाध्यक्ष शान्ति लिम्बुको संयोजनमा २०१९ को अन्ततिर एक च्यारिटी डिनर गर्ने र कृष्ण हेम्ब्याको संयोजनमा समाजको मुखपत्र प्रकाशन गर्ने लक्ष्य लिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता