लन्डन । मिसेस नेपाल यूके २०१७ टिमले शनिबार लन्डनका विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम गरेको छ । नेपालीको दोश्रो महान पर्व तिहारको अन्तिम दिन भाइटिकाको सांझ मिसेस नेपाल यूके २०१७ विजेताहरुले परम्परागत शैलीमा देउसी भैलो खेलेका हुन् ।
मातृभूमिबाट टाढा भएपनि आफ्नो मौलिक परम्परा र कला संस्कृतिको जगेर्ना एवं मनोरन्जनका लागि पहिलो पटक कार्यक्रम गरिएको मिसेस नेपाल यूके आस्था जोशी बाटाजुले बताइन् ।
देउसी भैलोमा मिसेस नेपाल यूके आस्था जोशी बाटाजु, सेकेन्ड रनरअप अमृता गिरी, मिसेस क्याटवाक गिता बस्नेत पाण्डे, मिसेस फोटो जेनिक प्रिमा भट्टराई, मिसेस पब्लिक च्वाइस शर्मिला पछाइ क्षेत्री, मिसेस वेष्ट सेफ मन्जु शाह आदि सहभागी भए । उनीहरुले नाचगान र देउसी भैलोमार्फत दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।
उक्त समूहले गोर्खा स्पाइस रेष्टुरेन्ट ग्रीनफोर्ड, माया पब साउथ हयारो र हेज, साउथहलका नेपालीको घर घरमा गएर देउसी भैलो खेलेको थियो । देउसी भैलोबाट संकलित रकम कुनै च्यारिटीमा खर्चने समूहको योजना छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा