लन्डन । सन् २००० मा मिलेनियम सेलिब्रेसनको उल्लास थियो बेलायतभर । यही सुःखद अवसरमा केही पृथक काम गर्ने जोस चलेपछि बेलायतका परिचित गायक, साउण्ड इन्जिनियर तथा कार्यक्रम आयोजक सपनकुमार राईले ‘मिलेनियम सौगात’ नामक गीति एल्बम निकाले । म्यूजिक नेपालले उत्पादन गरेको थियो उक्त एल्बम । सोही एल्बममा समावेश भएको ‘यो मनले सधैंभरि तिमीलाई डाक्छ…’ को म्यूजिक भिडियो बनाए सपनले । संगीत थियो भूपेन्द्र रायमाझी र स्वर सपनकुमार राईको ।
त्यही ऐतिहासिक भिडियो अहिले युट्यूबमा भेटेपछि दंग छन् सपन । रयापर मास्टर जीको समेत स्वर रहेको उक्त भिडियो ऐतिहासिक मान्छन् सपन । ‘रिमिक्स गीतको चलन बलिउडले २ वर्षअघिमात्र शुरु गरेको थियो । अडियो रयाक नामक पाकिस्तानीको कम्पनीमार्फत मैले गीत गाउने मौका पाएको थिएं । त्यही सिलसिलामा एउटा राम्रो क्रियसन हुने रहेछ भनेर पहिलो रिमिक्स त्यो पनि कालो वर्णको रयापर राखेर बनाएं’, सपन स्मरण गर्छन् ।
त्यो बेला बेलायतमा नेपालीको जनसंख्या पातलो थियो । नेपाल टेलिभिजनबाट आएका प्राविधिकहरुले उक्त भिडियो बनाएको सपनले बताए । भिडियोमा सपन र जुली बस्नेतको अभिनय छ भने ट्राफलगर स्क्वायर, मार्गरेट, बिग बेन, फिन्चलीको क्लब आदि दृश्य समेटिएको छ ।
‘नेपालबाट आएर नेपाल टेलिभिजनका प्राविधिकले बनाएकाले पनि उक्त भिडियो दुई वर्ष सम्म लगातार नेपाल टेलिभिजनमा बजेको थियो । त्यही गीतले मलाई चिनायो’, सपन भन्छन्, ‘एकजना निग्रोको गायन र अभिनय समिश्रण अनि बेलायतको सिन भएर पनि धेरैले रुचाए ।’
हेर्नुहोस् त्यो बेलाको म्यूजिक भिडियो
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ