
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रिय सूचना आयोगद्वारा काठमाडौँमा आयोजित सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस २०७४ को अवसरमा प्रकाशित पुस्तक सार्वजनिकीकरण गर्नुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ३० असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा यहाँ आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्छ र राज्य बलियो हुन्छ भन्नुभयो ।
राष्ट्रपति भण्डारीले लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानूनबमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार हुन्छन् भन्ने भावनाका साथ काम गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभयो ।
‘आजको युग सूचनाको युग हो, लोकतन्त्रमा जनताकै अभिमतबाटै सरकार बन्दछ, त्यस अर्थमा राज्यका शक्ति र मालिक जनता हुन्’–राष्ट्रपति भण्डारीले भन्नुभयो । नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
राष्ट्रपति भण्डारीले जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गर्नुभयो । आयोगले निबन्ध प्रतियोगितामा सूचनाको हकका अभियान्तातर्फ प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी र तृतीय हुने भावना पौडेललाई पुरस्कार प्रदान गरेको छ ।
त्यसैगरी सूचना अधिकारीतर्फ वासुदेव नाथ (प्रथम), स्थानेश्वर सापकोटा (द्वितीय) र सम्झना सुवेदी तृतीय) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश जनही रु २५ हजार, १५ हजार र १० हजार छ ।
आयोगले आयोगका कर्मचारी लक्ष्मी जोशी (उपसचिव) र चन्द्रप्रसाद अधिकारी (कानून अधिकृत) लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको विश्वव्यापी प्रचलनअनुसार सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना आयोगले सूचनाको हकलाई स्थानीयस्तरसम्म पुरयाउन लागि परेको बताउनुभयो ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने