काठमाडौँ, २६ असोज (रासस) – गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आज पत्रकार सम्मेलन आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहनुभएकी गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै, संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कूटनीतिकस्तरमा अझ पारदर्शीरुपमा विकास गर्न र संघले अहिले निर्माण गरिरहेका मेगा परियोजनालाई समयभित्र सम्पन्न गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
संघका सदस्यसमेत रहनुभएकी गुरुङले आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको र महिलाले नेतृत्व गर्न सक्छन् भन्ने पुष्टि गर्नका लागि पनि आफ्नो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो ।
यसैबीच, अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि यहाँ आज आयोजित उम्मेदवारी सभामा आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो ।
सो पदका लागि आफू योग्य रहेको दाबी गर्दै भट्टले एनआरएनको उपाध्यक्षको जिम्मेवारीमा रही आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या, पीर, मर्का बुझेको बताउनुभयो ।
उहाँले आवासीय र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमा पूर्वाधार विकास तथा निर्माणमा लगानी बढाउने र रोजगारीको अवसर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यासी भट्टले भन्नुभयो– ‘आफ्नो जितको पहिलो आधार नै सम्पूर्ण एनआरएनका साथीहरु हुन्, म त लगभग साझा उम्मेदवारका रुपमा उभिएको छु ।’
उहाँले आफूलाई एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने र हालका अध्यक्ष डा शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको जानकारी गराउनुभयो ।
विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीको मनमा सधैं नेपाल र नेपाली नै रहेको उहाँले बताउनुभयो ।
भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना बस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।
यसअघि उहाँले एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न