लन्डन । अहिलेको बहुचर्चित गीत ‘कुटुमा कुटु..’ समावेश भएको चलचित्र ‘२ रुपैयां’ आज आइतबार सांझ उलवीचमा प्रदर्शनको तयारी छ । सञ्चारकर्मी तथा म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठको संयोजनमा उलवीचको ट्रामसेड थिएटरमा सांझ ६ देखि ९ बजेसम्म उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
उक्त चलचित्र उलवीचमै गत साता पनि शो गरिएको थियो । स्थानीय दर्शकहरुबाट डिमाण्ड बढेपछि पुनः अर्को शो गर्न लागिएको श्रेष्ठले बताए ।
असिम शाहको निर्देशन रहेको उक्त चलचित्रमा निश्चल बस्नेत, असिम शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रलाई ३२ बक्स र जि ९ समूहले बेलायतमा ल्याएको हो ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह