
लन्डन । गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय
परिषदका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको
फ्रेंकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरण रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् ।
‘कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाई अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले मैले उपाध्यक्ष पदमै निरन्तरताका लागि सोही पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, उपाध्यक्ष पन्तले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
अग्रगामी र गतिशील सोच भएको नेतृत्वले मात्र गैरआवासीय नेपाली संघलाई अघि बढाउन सक्षम हुने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकृत गर्दै लगेको छ । यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भई अघि बढ्नु जिम्मेवार ठर्हछ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरुको अन्तक्र्रियापछि मैले आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु ।’
अग्रज एनआरएनहरूको समर्पण एवं मैत्री भाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउंदै उनले आफ्नो समय संगठनको उचाई र श्रीवृद्धिमा लगाउनुलाई कर्तव्य ठानेको उल्लेख गरेका छन् ।
‘सन् २०१५-२०१७ को कार्यकाल मेरा लागि विश्वका सबै अन्तर्राष्ट्रिय समन्वय समितिका साथीहरुसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरु बुझ्ने मौकाको रुपमा रहयो’, विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष पदलाई निरन्तरता दिंदै सबै विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको एउटै मालामा जोड्न चाहन्छु ।’
जर्मनीमा एक दर्जनभन्दा बढि होटल र आधा दर्जनभन्दा बढि रेष्टुरांका लगानीकर्ता पन्त एनआरएनए स्थापनाकालदेखि नै संस्थामा सक्रिय व्यक्ति हुन् । युरोप क्षेत्र संयोजक हुनुभन्दा अघि उनले अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए । शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुंदा पन्त गैर आवासीय नेपाली संघका महासचिव भए । घले २०१५–२०१७ को दोश्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपालमा गएको विनाशकारी भूकम्पपछि गैरआवासीय नेपाली संघले सुरु गरेको राहत तथा पुनःनिर्माणको कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने थोरै गैरआवासीय नेताहरुमध्ये उनी पर्छन् । संस्थाको आफ्नै भवन निर्माण एवं शंखमुलस्थित एनआरएन पार्क निर्माणमा समेत उनले योगदान पुरयाएका छन्। संविधानमा नेपाली नागरिकताको व्यवस्था गर्ने तथा त्यससम्बन्धी कानुनी र नीतिगत व्यवस्थाहरुको पहलकदमी र परामर्शमा पन्तको महत्वपूर्ण योगदान रहंदै आएको छ।
पन्तले संघको आगामी २ वर्षे कार्यकालका लागि पूर्ण कार्ययोजना छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता