लन्डन । एनआरएनए यूकेको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयां कार्यसमितिका मगर पदाधिकारी तथा सदस्यहरुलाई मगर संघ यूकेले सम्मान गरेको छ । आइतबार मगर भवन फार्नब्रोमा आयोजित कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष नेम थापामगर, सल्लाहकार र शाखाका प्रतिनिधिहरुले उनीहरुलाई फेटा लगाई सम्मान गरे ।
सम्मानित हुनेहरुमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष प्रेम गाहा, डा. प्रेम आले, युवा संयोजक कुमार थापा, प्रवक्ता रमेश सराङकोटी, सदस्यहरु डेविन्द्र थापा, गंगा राना र मुकेश राना तथा अन्तर्राष्ट्रिय समन्वय समितिकी सदस्य शान्ति थापा कुंवर छन् ।
अध्यक्ष थापामगरको अध्यक्षता र महासचिव लालबहादुर पुनको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सीता पुनले दिएकी थिइन् । नवनिर्वाचित पदाधिकारीहरुको तर्फबाट मन्तब्य दिँदै अध्यक्ष फगामीले एनआरएनए यूकेलाई बढिभन्दा बढि नेपालीलाई समेट्ने संस्था बनाउन पहल गर्ने बताए ।
कार्यक्रमको दोस्रो चरणमा म्यागासेसे पुरस्कार विजेता महावीर पुनको आसन्न बेलायत भ्रमण र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग जुटाउनेबारे छलफल भएको थियो । सो क्रममा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्य, पुन समाजका अध्यक्ष एक पुन लगायतले सुझाव राखेका थिए भने च्यारिटी डिनर संयोजक सीता पुन र मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
मगर संघ यूकेले यूकेका विभिन्न संस्थाहरुसितको सहयोगमा यही अक्टोबर २७ शुक्रबार एम्पायर हल अल्डरसटमा एक च्यारिटी डिनर आयोजना गर्दैछ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा