लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित राजदूतावासमा कार्यभार सम्हालेको शुक्रबार एक वर्ष पुरा भएको छ ।
कुटनीतिक सेवामा तीन दशक लामो अनुभव संगालेका सुवेदीले नेपालका सम्माननीय प्रधानन्यायधिश गोपाल पराजुलीको सम्मानमा दूतावासमा आयोजित विशेष समारोहमा दुई सय वर्ष पुरानो मैत्रीपूर्ण, घनिष्ट र पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुक संयुक्त अधिराज्य (यूके) मा राजदूत हुन पाउनु आफ्नो कुटनीतिक जीवन र समग्र जीवनकै एक उपलब्धि भएको बताए ।
‘बेलायत नेपाल ऐतिहासिक दौत्य सम्वन्ध अझ प्रगाढ बनाउन, मैत्रीपूर्ण सम्वन्ध जनस्तरसम्म अभिवृद्धि गर्न र बेलायतका नेपालीको हक हित र कल्याणका लागि कार्य गर्ने प्रतिवद्धता अनुरुप म सफलतापूर्वक अगाडि बढिरहेको छु’, राजदूतले भने, ‘मेरो कार्यसम्पादनमा सहकार्य, सद्भावना, सहयोग, सल्लाह र सुझाव दिने बेलायत, आयरल्याण्ड र माल्टावासी नेपाली र संघसंस्था एवं एनआरएनएप्रति म आभार व्यक्त गर्दछु ।’
राजदूत सुवेदीले बेलायतवासी नेपालीमा नेपालमा राजनीतिक स्थायित्व, शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक सद्भाव कायम रहोस् भन्ने पवित्र भावना रहेको आफूले पाएको पनि बताए ।
‘भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र संकट आइपर्दा सहयोग गर्न यहांका नेपालीमा सद्भावना र सहभावना रहेको पाएं’, विदेशीसहित सयौं सहभागी कार्यक्रममा राजदूतले भने, ‘प्रवासमा रहेपनि हामी नेपाली हौं र नेपाली नै रहेर बांच्न चाहन्छौं भन्ने महान भावना बेलायतका नेपालीमा जीवन्त रहेको पाएं । महत्वपूर्ण कुरा विविधताको विशिष्टता र विविधताबीचको एकताको विशेषतालाई बेलायतको नेपाली समाजले जोगाएर राखेको छ ।’
मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले एनआरएनए यूके नवनिर्वाचित कार्यसमितिलाई सफल र सार्थक कार्यकालको शुभकामना र बधाइ समेत दिए । उनले दूतावास एनआरएनए यूकेसंग सहकार्य गरेर नेपाल र नेपालीको कल्याणका लागि संगै काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा योगकुमार फगामी नेतृत्वको एनआरएनए यूके नवनिर्वाचित कार्यसमितिलाई खादाले सम्मान गरियो ।
कार्यक्रममा प्रधानन्यायधिश पराजुलीको साथमा आएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, जिल्ला न्यायधिश बिदुर कोइराला, श्रीमति पराजुली, कलाकारहरु कालीप्रसाद बास्कोटा, हेमन्त राना, सुष्मा कार्की लगायतलाई पनि सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रधानन्यायधिश गोपाल पराजुलीले राजदूत डा. सुवेदीमा प्राचार्य यदुनाथ खनाललाई बिर्साउने कुटनीतिक क्षमता र कुशल साहित्यकार भएको प्रशंसा गर्दै आफू सुवेदीको विद्वत अभिव्यक्तिसंग प्रभावित भएको बताए ।
पराजुलीले बेलायतलाई बचाउन नेपालीको भूमिका इतिहासमा कहिल्यै नमेटिने बताउंदै त्यो नेपालीका लागि गौरव गाथा रहेको बताए । ‘हिजोभन्दा आज नेपाल भिन्न छ । सबै जाती सम्प्रदाय, दुरदराज र भूगोलबाट पिछडिएकाहरुका लागि नयां संविधान निर्माण भएको छ’, पराजुलीले भने, ‘हाम्रो संविधान समावेशीमात्र होइन, नागरिकको अधिकार र कर्तव्यको सन्दर्भमा ठूला प्रजातान्त्रिक
मुलुकका तुलनामा समेत उत्कृष्ट छ । अब सबै नेपालीहरु नेपालभित्रै अट्नेछन्, नेपालकै भूमिमा बसेर हांस्न सक्नेछन् र नेपालमै व्यवसाय गर्नेछन् ।
बरु कार्यान्वयन पक्ष जरुरी छ ।’
उनले राजनीतिक इच्छा, राजनीतिक पार्टीको बीचमा न्यूनतम सहमति, कार्यान्वयन र कानुनको शासन मान्ने भावना जरुरत रहेको पनि उल्लेख गरे ।
कार्यक्रममा पराजुलीले राजदूत सुवेदीका दुई कृति समेत विमोचन गरे ।
तस्विरः मिलन तमु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता