काठमाडौँ, ६ असोज (रासस) – नेकपा (एमाले) को आजदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ ।
सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो । सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बैठकमा छलफल हुने पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ ।
योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमतसहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ ।
सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको बैठकले निर्वाचनमा आचारसंहिता उल्लंघन तथा सत्ताको दुरुपयोग रोक्न र भय र आशंकाको वातावरण अन्त्य गरी निर्वाचन गराउन ओलीले माग गर्नुभयो । उहाँले आफ्नो पार्टीविरुद्ध विभिन्न प्रचार गरिए पनि प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको र परिणाम साह्रै कमजोर नभएको दाबी गर्नुभयो ।
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी