काठमाडौँ, ६ असोज (रासस) – नेकपा (एमाले) को आजदेखि शुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ ।
सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो । सो प्रतिवेदन अध्ययनपछि ती समूहले शनिबारको बैठकमा छलफल हुने पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ ।
योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमतसहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ ।
सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बसेको बैठकले निर्वाचनमा आचारसंहिता उल्लंघन तथा सत्ताको दुरुपयोग रोक्न र भय र आशंकाको वातावरण अन्त्य गरी निर्वाचन गराउन ओलीले माग गर्नुभयो । उहाँले आफ्नो पार्टीविरुद्ध विभिन्न प्रचार गरिए पनि प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको र परिणाम साह्रै कमजोर नभएको दाबी गर्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार