
काठमाडौँ, ५ असोज (रासस) – प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते निर्वाचन भएका स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज दिउँसो १ बजेसम्म प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस छ, नेकपा (एमाले) चार, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम दुई-दुई र राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले एक स्थानीय तहमा विजयी भएका छन् ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म ५७८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छ ।
मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।
मतगणना कार्यलाई शीघ्र सम्पन्न गर्न हाल ३३९ वटा मतगणना टोलीबाट मतगणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका–१५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा