काठमाडौँ, १ असोज (रासस) – होटल एसोसिएसन अफ नेपाल (हान) ले होटल व्यवसायमा खर्बौंको लगानी भएको भन्दै त्यसअनुसारको पर्यटकीय पूर्वाधार विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
हानद्वारा आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई आज बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै हानका अध्यक्ष अमरमान शाक्यले हस्पिटालिटी उद्योगमा खर्बौंको लगानी भइरहेको र नयाँ लगानी थपिने योजना रहेको बताउनुभयो ।
होटल व्यवसायमा लगानी बढेको तर राज्यबाट पूर्वाधार निर्माणको न्यूनतम आधार पनि तयार नगर्दा पर्यटन व्यवसायमा उत्साह बढ्न नसकेको अध्यक्ष शाक्यको भनाइ थियो ।
निकट भविष्यमा २० लाख पर्यटक अटाउन सक्ने क्षमता तयार पार्ने भएता पनि सरकारले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विमानस्थल र सडक सञ्जालको गुणात्मक एवं परिणात्मक वृद्धि गर्न जरुरी भएको हानको धारणा छ ।
सेजनका अध्यक्ष पुष्पराज आचार्यले सेजन र हान हातेमालो गरी दिगो अर्थतन्त्रको विकासका लागि पर्यटनका मुद्दामा ऐक्यबद्धता जनाउँदै अगाडि बढ्ने बताउनुभयो ।
हान र सिटीइभिटीबीच सम्झौता
हानले हस्पिटालिटीका लागि मागबमोजिम दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतको हेल्भीटास इन्टरको–अपरेशसन परियोजनासँग सहकार्यमा उत्पादन गर्ने सम्झौतामा आज हस्ताक्षर गरेको छ ।
उक्त सम्झौतापत्रमा हानका अध्यक्ष अमरमान शाक्य र सिटीइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले संयुक्त हस्ताक्षर गर्नुभएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।
सो अवसरमा परिषद्का सदस्यसचिव वाग्लेले सिटिइभिटीको तालीम परियोजनामार्फत होटल उद्योगको मागबमोजिम मानव संशाधन उत्पादन गर्ने यो सहमति उत्कृष्ट रहेको बताउँदै यसबाट नेपालको अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह हुने र होटल क्षेत्रमा अझ बढी गुणात्मक सेवा प्रदान गर्न सक्छ भन्नुभयो ।
हानले ‘जव सेन्टर’ सिर्जना गरी होटल उद्योगका लागि मागबमोजिमको दक्ष जनशक्ति आपूर्ति गर्ने महासचिव शाहको भनाइ थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त