काठमाडौँ, १ असोज (रासस) – होटल एसोसिएसन अफ नेपाल (हान) ले होटल व्यवसायमा खर्बौंको लगानी भएको भन्दै त्यसअनुसारको पर्यटकीय पूर्वाधार विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
हानद्वारा आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई आज बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै हानका अध्यक्ष अमरमान शाक्यले हस्पिटालिटी उद्योगमा खर्बौंको लगानी भइरहेको र नयाँ लगानी थपिने योजना रहेको बताउनुभयो ।
होटल व्यवसायमा लगानी बढेको तर राज्यबाट पूर्वाधार निर्माणको न्यूनतम आधार पनि तयार नगर्दा पर्यटन व्यवसायमा उत्साह बढ्न नसकेको अध्यक्ष शाक्यको भनाइ थियो ।
निकट भविष्यमा २० लाख पर्यटक अटाउन सक्ने क्षमता तयार पार्ने भएता पनि सरकारले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विमानस्थल र सडक सञ्जालको गुणात्मक एवं परिणात्मक वृद्धि गर्न जरुरी भएको हानको धारणा छ ।
सेजनका अध्यक्ष पुष्पराज आचार्यले सेजन र हान हातेमालो गरी दिगो अर्थतन्त्रको विकासका लागि पर्यटनका मुद्दामा ऐक्यबद्धता जनाउँदै अगाडि बढ्ने बताउनुभयो ।
हान र सिटीइभिटीबीच सम्झौता
हानले हस्पिटालिटीका लागि मागबमोजिम दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतको हेल्भीटास इन्टरको–अपरेशसन परियोजनासँग सहकार्यमा उत्पादन गर्ने सम्झौतामा आज हस्ताक्षर गरेको छ ।
उक्त सम्झौतापत्रमा हानका अध्यक्ष अमरमान शाक्य र सिटीइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले संयुक्त हस्ताक्षर गर्नुभएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।
सो अवसरमा परिषद्का सदस्यसचिव वाग्लेले सिटिइभिटीको तालीम परियोजनामार्फत होटल उद्योगको मागबमोजिम मानव संशाधन उत्पादन गर्ने यो सहमति उत्कृष्ट रहेको बताउँदै यसबाट नेपालको अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह हुने र होटल क्षेत्रमा अझ बढी गुणात्मक सेवा प्रदान गर्न सक्छ भन्नुभयो ।
हानले ‘जव सेन्टर’ सिर्जना गरी होटल उद्योगका लागि मागबमोजिमको दक्ष जनशक्ति आपूर्ति गर्ने महासचिव शाहको भनाइ थियो ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने