लन्डन । करिब ८ वर्षपछि नेपाली जनसम्पर्क समिति बेलायतले नयां नेतृत्व पाएको छ । शनिबार लन्डनमा सम्पन्न चौंथो एकता अधिवेशनले युवराज गुरुङको सभापतित्वमा ४७ सदस्यीय जम्बो नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गुट उपगुट र विभाजनका कारण लामो समयसम्म समितिको अधिवेशन हुन सकेको थिएन । दुई ध्रुवमा विभाजित संस्थापन पक्षका लोक गुरुङ र विज्ञान प्रसाईं समूहका बराबर पदाधिकारी र सदस्यहरु बांडफांड गर्ने गरि सहमति भएको हो । जनसम्पर्क समितिले भागवण्डाको नाममा सबैलाई राखेर एनआरएनए यूकेको कीर्तिमान पनि जितेको छ ।
‘गिभ एण्ड टेकमा केही असन्तुष्टि रहेपनि सबैलाई समेटेर संगठन एक ढिक्का बनाउने प्रस्ताव हामीले स्वीकारयौं’, प्रसाईंले वीनेपालीसंग भने । यसअघि प्रसाईं समूहले अधिवेशन बहिष्कार गर्ने चेतावनी दिंदै आएको थियो ।
विधान संशोधन गरेर पदाधिकारी थप्दै यसपटक ४७ सदस्यीय कार्यसमिति बनाइएपनि आगामी अधिवेशन भने नेपाली कांग्रेसको विधानकै संरचनाभित्र गर्ने सैद्धान्तिक सहमति भएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि सुरेन्द्र पाण्डे, एनपी साउद, कांग्रेस सांसद बहादुर सिंह थापाको रोहबर र अधिवेशन तयारी समितिका लोक गुरुङ, विज्ञान प्रसाई, चेतनाथ खनाल, विनोद मोक्तान, डा. सम्पूर्णानन्द ढुंगाना, शेरबहादुर सुनार लगायतको उपस्थितिमा केही पदाधिकारीले आज शपथ लिए । निर्वाचन समितिका संयोजक शेर सुनारले नयां कार्यसमितिका पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । तर, विज्ञान प्रसाईं समूहले भोलिमात्र नाम दिने भएपछि पूर्ण कार्यसमितिको घोषणा भोलि नै गरिने छ ।
अधिवेशनमा केही नाममात्र घोषणा गरिएको छ । जसमा उपसभापतिमा सूर्य नेम्वाङ, तर्कजंग गुरुङ, कोपिला सुब्बा, सुभाष पोखरेल, युवराज सिंह, आलेख चौहान, महामन्त्रीमा प्रवेश केसी, कोषाध्यक्ष नर्बु शेर्पा, सह-महामन्त्रीमा रोमियन लिम्बु, रितेश पाण्डे, उपेन्द्र पौडेल, राज सिटौला आदि निर्विरोध भए ।
त्यसैगरि, सदस्यहरुमा शान्ति लिम्बु, इन्द्रहाङ लिम्बु, लालकुमार सुब्बा, सन्तोष गुरुङ, केशव गुरुङ, सन्जय पन्त, इशा ताम्राकार, विकास सापकोटा, शंकर श्रेष्ठ, भेष गुरुङ, शशी गुरुङ, इन्द्रमान गुरुङ आदि छन् ।
तस्विरः शिव भण्डारी
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी