
काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने भएको छ ।
आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । यसअघिका २४० क्षेत्रीय कमिटी विघटन गर्दै एमालेले नयाँ कमिटी बनाउने भएको हो ।
उहाँका अनुसार चाँडै नै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अहिले एकजना संयोजक रहने गरी कमिटी बन्ने छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटी ७७ जिल्लाका ३३० निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीसमेत गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय कमिटी हुने छैनन् जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइने छ ।
बैठकले समानुपातिक प्रणालीको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसमेत निर्णय गरेको छ । बैठकले नेपालका सात प्रदेशको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने सिट र समानुपातिक सिटका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरेको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो ।
यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालयको जिम्मेवारी तोक्नुभएको छ । आज अध्यक्ष ओलीले विज्ञप्ति जारी गरी सचिवालयमा रहने विभिन्न व्यक्तिलाई नयाँ जिम्मेवारी तोकेको जानकारी गराउनुभयो ।
उहाँले राजनीतिक तथा पार्टीको अन्य कामकाजलाई सहज र व्यवस्थित बनाउन सचिवालयको नयाँ जिम्मेवारी तोकेको बताउनुभयो । अध्यक्ष ओलीले दिएको नयाँ जिम्मेवारी अनुसार केन्द्रीय सदस्य देवराज घिमिरेलाई विभिन्न पार्टीका नेता एवं पार्टी कार्यालयबाट हुने कार्य सम्पादन, प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सचिवमा अनिस दाहाल र प्रेस संयोजकमा चेतन अधिकारीलाई जिम्मेवारी दिनुभएको छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना