
लन्डन । २७ अगष्टका दिन केम्पटन पार्क रेस कोर्समा हुन लागेको ९ औं नेपाली मेलामा लन्डन मेयर सादिक खान आउने पक्का भएको छ । मेला आयोजक तमुधिं यूकेले आइतबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने उक्त मेलामा नेपालका संस्कृतिमन्त्री आउने योजना भने बाढी पहिरोपछि निम्तिएको विपत्तिका कारण स्थगित भएको छ । मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले संस्थाका संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घले, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आउने निश्चित भएको र अन्य विदेशी १८ जना राजदूतलाई निमन्त्रणा गरिएको जनाए । मेला हेर्न हाइ प्रोफाइलबाहेक करिब १२ हजार दर्शक आउने अनुमान आयोजकको छ ।
संयोजक गुरुङले नेपाली मेला भव्य बनाउन ६२ जना सम्मिलित कमिटीले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए । मेला स्थल बिहान साढे ७ बजे नै खुल्ला गर्ने र दिउसो १ बजेदेखि झांकी शुरु हुने तमुधिं यूकेले जनाएको छ ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ हुने मेलामा यसवर्ष करिब तीस संघसंस्थाका झांकीसहित युवाहरुका लागि लाइभ म्यूजिक, गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी, आदि आकर्षण हुनेछन् । प्रथम पुरस्कार ११ सय पाउण्ड र मेडल दिइने एम्बेसेडर कप तथा नृत्य-झांकी प्रतियोगिता पनि आकर्षणका रुपमा छ । ६ खाना र २५ व्यापारिक तथा च्यारिटी स्टल रहने तमुधिं यूकेले जनाएको छ ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा रहे पनि नेपाली भाषा, कला संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि शुरु नेपाली मेला अहिले व्यापक भइसकेको बताए । उनले नेपाली मेला पर्यटन प्रवर्धन र नेपाली समुदायका व्यवसाय विस्तारमा समेत कोशेढुंगा सावित भएको उल्लेख गरे । ‘हामीले नेपाली मेलालाई एउटा जाती वा वर्गमा केन्द्रित नगरि सबैलाई अपनत्व महशुस हुने गरि खुल्ला गरेका छौं । यसले आपसी एकता र भाइचारा अभिवृद्धि समेत गरेको छ’, अध्यक्ष गुरुङले भने । उनले बेलायतवासी समस्त नेपालीलाई मिनी नेपाल अवलोकनका लागि आव्हान समेत गरेका छन् । संस्थाले दर्शकबाट अपिल गरि नेपालका बाढी पीडितलाई समेत आर्थिक सहयोग गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा नेपाली मेलाका जन्मदाता एवं पूर्व अध्यक्ष सुवसिं गुरुङले लन्डन मेयर सादिक खान आउने ९९ प्रतिशत निश्चित भएको बताए । हाइ प्रोफाइल अतिथी सत्कार र निमन्त्रणाको जिम्मेवारी लिएका गुरुङले बेलायतको विपक्षी दलका नेता जेरेमी कोर्बिन र पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनलाई समेत निम्तो पठाइएको जानकारी दिए ।
स्वागत मन्तव्य व्यक्त गर्दै तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले आयोजक तमुधिं यूके भएपनि मेला सबै जातजातीको साझा भएको बताए ।
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा मिडिया सेक्रेटरी रोहित गुरुङले सञ्चारकर्मीहरुको सम्मान संयोजन र पास व्यवस्थापन गरेका थिए ।
लन्डन रिचमण्डदेखि केम्पटन पार्क रेस कोर्ससम्म आइपुग्दा नेपाली मेलाको आकर्षण हवात्तै बढेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]