
नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग बुधबार काठमाडौँमा भेटवार्ता गर्दै नेपालका उद्योगी व्यवसायी । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३२ साउन । नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध सञ्जाल विस्तारका लागि आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनुभयो ।
सबै क्षेत्रका लागि सञ्जाल महत्वपूर्ण भएको भन्दै अध्यक्ष राणाले नेपालसँगका नाका विस्तार र सुचारु गर्ने सम्बन्धमा दुई पक्षबीच छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘चीनले आयातमा दिने छुटको सम्बन्धमा नेपालमा उत्पादन हुने र निर्यात भइरहेका बस्तु र व्यपारलाई प्राथकिता दिनुपर्छ । भन्सार समस्याका बारेमा पनि कुरा भयो ।’
भेटमा उद्योगी व्यवसायीले तातोपानी नाका सुचारु गर्नुपर्ने, दुबै देशको पर्यटन प्रवद्र्धन र नेपालको जडीबुटी व्यापारका सम्बन्धमा पनि कुरा राख्नुभएको थियो ।
भेटमा महासंघका अध्यक्ष राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपालका उद्योग व्यवसायी हुनुहुन्थ्यो ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी