
काठमाडौँ, ३२ साउन । लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यसूची रहेको छ ।
यसअघि उहाँले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ ।
संविधान सशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आ–आफ्नै ढंगबाट व्याख्या र विश्लेषण गर्दै आएका छन् ।
सत्तापक्षले संविधानको स्वीकार्यतालाई बढाउन संविधान संशोधन आजको अनिवार्य सर्त रहेको जनाउँदै आएकोे छ भने प्रतिपक्षले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसग जोडेर हेर्दैआएको छ ।
कम्तीमा पनि संशोधन प्रस्ताव पारित हुने सुनिश्चिता आवश्यक रहेको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले पनि पछिल्लो समय संशोधन प्रस्ताव निर्णयार्थ हुंदा आउने परिणामलाई स्वीकार गर्ने संकेत गरेको छ ।
संसदबाट सरकार र प्रतिपक्ष दललाई समेत संशोधन प्रस्ताव अघि बढाउनलाई सहजता प्रदान गरेको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक