नेपालले कुवेतमा जारी एसीसी यु-१९ प्रिमियर ट्रफीमा अफगानिस्तानलाई १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुवेत सिटीमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाली टोली ४५ ओभरमा १ सय ३४ रनमा अल आउट भयो। नेपालका लागि योगेन्द्र सिंह कार्कीले सबैभन्दा बढी २३ रन बनाएका छन्। सम्हालिएर ब्याटिङ गरेको नेपालले पहिलो विकेट ३७ रनमा बनाएको थियो।
त्यसैगरी राजु रिजालले २१, सुनिल धमलाले १७, सन्दीप सुनारले १६, सौरव खनालले १३, आरिफ शेखले १० र दीपेन्द्र सिंह ऐरीले नन आउट १३ रन बनाए। अफगानिस्तानले २१ अतिरिक्त रन दिएको थियो।
आफगानिस्तानका लागि रसिद खानले २२ रन खर्चेर ४ विकेट लिए। यसअघि भएक तीन वटा खेलमा आफगानिस्तान र नेपालले तीन तीन वटै खेल जितेका छन्।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न