रियाद, २९ साउन । साउदी अरेबियाले यस पटकको हज यात्राका लागि विश्वभरबाट झन्डै २० लाख तीर्थयात्री आउने अपेक्षा गरिएको जनाएको छ ।
हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने अल हायात नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गत वर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी थिए । हज मेलाका लागि काम गर्न हज मन्त्रालयले ९५ हजार कर्मचारी खटाएको छ ।
हजका बेला विगतका कतिपय वर्ष रोगको प्रकोप फैलिने गरेको भएपनि यस वर्ष भने कुनै प्रकोप फैलिन नदिनेगरी व्यवस्थापन गरिएको स्वास्थ्यमन्त्रीले बताउनुभएको छ ।
उहाँले विभिन्न उपाय अपनाउनेगरी तयारी भइरहेको र त्यसका लागि विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तरराष्ट्रिय संस्था तथा निकायसँग सहकार्य गर्न लागिएको पनि जानकारी दिनुभयो । मन्त्रालयले हज यात्रीका लागि लक्षित गरेर झन्डै ३३ लाख अमेरिकी डलरको औषधी तथा स्वास्थ्य सामग्री व्यवस्था गरिएको जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक