लन्डन । ‘यूके डान्स अफ ०१७’ विजेता जसिता गुरुङ र नायिका मिरुना मगर बेलायतमा व्यावसायिक रुपमा निर्माण हुने विज्ञापनमा अनुवन्धित भएका छन् । भिजन संसारले ए स्टार फाइनान्सियल सोलुसन्स यूकेको विज्ञापन निर्माण गर्न जसिता र मिरुनालाई मंगलबार वेम्लीस्थित ए स्टार कार्यालयमा औपचारिक रुपमा अनुवन्ध गरेको हो ।
यूके डान्स अफ विजेता जसिताले अन्य विद्यामा प्रस्ताव आए पनि विज्ञापन नयां भएकाले उत्साहित भएको प्रतिक्रिया दिइन् । यसअघि नै ठूलो पर्दाको फिल्ममा काम गरिसकेकी नायिका मिरुना मगर पनि बेलायतमा व्यावसायिक विज्ञापनमा खेल्न पाउनुलाई नयां अवसरको रुपमा लिएको बताइन् ।
भिजन संसारका निर्देशक तथा कलाकार सनम बैरागले बेलायतमा पहिलोचोटी व्यवसायिक रुपमा विज्ञापन बनाउने अवसर पाएकोमा खुशी हुंदै श्रृजनात्मक कामका लागि प्रोत्साहन दिने ए स्टारलाई धन्यवाद दिए ।
ए स्टार सोलुसन्सका निर्देशक मीन दर्लामीले आफूहरुले ब्राण्ड प्रमोशन मात्र नभएर सामाजिक उत्तरदायित्व समेत वहन गरेको जिकिर गरे ।
विज्ञापन अनुवन्धको हस्ताक्षर कार्यक्रममा ए स्टार सोलुसन्सका रमेश सरांगकोटीले सहजीकरण गरेका थिए भने ए स्टारका कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, सपन इन्टरटेन्मेन्टका सपन राई, मन्जु गुरुङ, कलाकार सुस्मिता थापा, भिजन संसारका अभिमन्यू वैराग र दुवै कलाकारका अभिभावकहरुको समेत उपस्थिति थियो ।
करिब १ मिनेटको हुने विज्ञापनमा मेरुना र जेसिता बाहेक जेसन लिम्बुले पनि साथ दिनेछन् ।
विज्ञापनको मार्केटिङ भने साउथ हयारोमा रहेको एक्सप्रेस स्टुडियो सञ्चालन गर्दै आएको क्लिक टु रिच लिमिटेडले गर्नेछ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल