जुवा (दक्षिण सुडान), २७ साउन । चिनियाँ सरकारले दक्षिणी सुडानमा भोकमरी फैलिएपछि आकस्मिक रूपमा बिहीबार १५ सय टन चामल राहत स्वरुप प्रदान गरेको छ ।
चीनले गत अप्रिलमा आठ हजार आठ सय टन चामल द्वन्द्वग्रस्त पुर्वी अफ्रिकी मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने प्रतिज्ञा गरेको थियो ।
दक्षिणी सुडानमा रहेको चिनियाँ दूतावासका एक जना उच्च अधिकारी लि छिङफेङले पहिलो चरणमा ६० कन्टेनर चामल यस अगाडी नै दक्षिणी सुडानको राहत तथा पुनःउद्दार आयोगलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँले बाँकी चामल आगामी महिना सम्ममा आइसक्ने पनि बताउनुभयो ।
चीन र दक्षिण सुडानको दुईपक्षीय सम्बन्धलाई चीनले निकै महत्व दिएको कुटनीतिक अधिकारीहरुको भनाई छ ।
‘दक्षिण सुडानको एउटा साँच्चैको साथी र गम्भीर सहपाठीको रुपमा चीनले दक्षिण सुडानलाई सधै दह्रो सहयोग गर्दछ, दक्षिण सुडानको शान्ति प्रक्रियालाई पनि सक्दो सघाउने छ’, लिले भन्नुभयो ।
दक्षिण सुडानमा तीन बर्ष भन्दा लामो समय चलेको द्धन्द्धबाट अहिले जनताले राहत महशुस गरिरहेका छन् ।
द्वन्द्वरत पक्षकाबीचमा गत सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो । राष्ट्रसङ्घीय प्रतिनिधिहरुको रोहबरमा भएको सम्झौतापछि संक्रमणकालिन संयुक्त सरकार बनेको थियो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी