लन्डन । अक्सफोर्डवासी राईवन्धुहरुको आइतबार सम्पन्न भेलाले शंकर कुलुङ राईको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोख्या प्रारम्भिक कार्यसमिति गठन गरेको छ ।
समितिको सचिवमा श्रीमति गीता चाम्लिङ राई र कोषाध्यक्ष अशोक साम्पाङ राई चुनिएका छन् । नवगठित समितिको सल्लाहकारमा जेष्ठ नागरिकहरु मणिश्वर वान्तावा, श्रीमती पुष्पा राई, सुरेन्द्र बहादुर मेवाहाङ, रणबहादुर वान्तावा, डिल्लीविक्रम राई तथा डिल्लीकेशर राई रहेका छन् ।
समिति गठनका लागि गत आइतबार भएको भेलाले गत २२ जुलाईमा अक्सफोर्डमा पहिलोपटक भएको किरात वन्धुहरुको भेटघाट कार्यक्रमको समीक्षा गरेको थियो । समग्रमा कार्यक्रम सफल रहेको मूल्याङकन गर्दै आगामी वर्षदेखि उक्त भेटघाट कार्यक्रम किराया केन्द्रको साकेलाभन्दा अघिल्लो हप्ता उभौली पर्वका रुपमा मनाउने निर्णय गरेको छ ।
यसैगरी स्थानीयस्तरमा समाजको सदस्यता प्रवेश शुल्कवापत प्रति परिवार २० पाउण्ड निर्धारण गरिएको छ भने सदस्यहरुमा आपत्कालिन दैवी घटना परिआएमा सकेसम्म चाँडो हरेक सदस्यबाट सहयोगवापत ३० पाउण्डको दरले सहयोग गर्ने सहमति गरिएको छ ।
भेलामा आफ्नो संस्कार, संस्कृति बचाइ राख्न केही सामाग्री अवाश्यक पर्ने भएकाले नवनिर्वाचित अध्यक्षबाट स्वेच्छिकरुपमा एक एकवटा सामाग्री प्रदान गर्न राखिएको प्रस्ताव स्वीकार गर्दै शंकर राईले ढोल एक थान, श्रीमती गीता राईले झेम्टा एक जोडी, अशोक राई चौंरी पुच्छर एक जोडी, गंगाराम राई झेम्टा एक जोडी, दिलकुमार राईले चौंरी पुच्छार एक जोडी, श्रीमती सीता राई र याङपिताङ छुले जनही १०० पाउन्ड दिने घोषणा गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा