लन्डन । अक्सफोर्डवासी राईवन्धुहरुको आइतबार सम्पन्न भेलाले शंकर कुलुङ राईको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोख्या प्रारम्भिक कार्यसमिति गठन गरेको छ ।
समितिको सचिवमा श्रीमति गीता चाम्लिङ राई र कोषाध्यक्ष अशोक साम्पाङ राई चुनिएका छन् । नवगठित समितिको सल्लाहकारमा जेष्ठ नागरिकहरु मणिश्वर वान्तावा, श्रीमती पुष्पा राई, सुरेन्द्र बहादुर मेवाहाङ, रणबहादुर वान्तावा, डिल्लीविक्रम राई तथा डिल्लीकेशर राई रहेका छन् ।
समिति गठनका लागि गत आइतबार भएको भेलाले गत २२ जुलाईमा अक्सफोर्डमा पहिलोपटक भएको किरात वन्धुहरुको भेटघाट कार्यक्रमको समीक्षा गरेको थियो । समग्रमा कार्यक्रम सफल रहेको मूल्याङकन गर्दै आगामी वर्षदेखि उक्त भेटघाट कार्यक्रम किराया केन्द्रको साकेलाभन्दा अघिल्लो हप्ता उभौली पर्वका रुपमा मनाउने निर्णय गरेको छ ।
यसैगरी स्थानीयस्तरमा समाजको सदस्यता प्रवेश शुल्कवापत प्रति परिवार २० पाउण्ड निर्धारण गरिएको छ भने सदस्यहरुमा आपत्कालिन दैवी घटना परिआएमा सकेसम्म चाँडो हरेक सदस्यबाट सहयोगवापत ३० पाउण्डको दरले सहयोग गर्ने सहमति गरिएको छ ।
भेलामा आफ्नो संस्कार, संस्कृति बचाइ राख्न केही सामाग्री अवाश्यक पर्ने भएकाले नवनिर्वाचित अध्यक्षबाट स्वेच्छिकरुपमा एक एकवटा सामाग्री प्रदान गर्न राखिएको प्रस्ताव स्वीकार गर्दै शंकर राईले ढोल एक थान, श्रीमती गीता राईले झेम्टा एक जोडी, अशोक राई चौंरी पुच्छर एक जोडी, गंगाराम राई झेम्टा एक जोडी, दिलकुमार राईले चौंरी पुच्छार एक जोडी, श्रीमती सीता राई र याङपिताङ छुले जनही १०० पाउन्ड दिने घोषणा गरेका छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल