लन्डन । एनआरएनए यूके कार्यसमिति अन्तर्गत विजनेश विभागमा क्रियाशिल व्यवसायी तथा समाजसेवी सुरोज मास्केले आगामी निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । आफू सचिवको पदमा रहेर नेतृत्व टिमलाई गति दिन उल्लेख्य भूमिका खेल्ने बताउंदै उनले एनआरएन व्यक्ति र अध्यक्ष मात्र नभएर यसलाई टिम वर्कको रुपमा सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने धारणासहित आगामी निर्वाचनमा सद्भाव, सुझाव र सहयोगको अपिल गरेका छन् ।
एनआरएनए यूकेमा विकास हुंदै गएको विकृति विसंगति चिर्ने र नेपाल हाउस प्रोजेक्टलाई व्यापारिक मोडेलमा लगेर सफल बनाउन पहल कदमी लिने उनको प्रतिवद्धता छ ।
एनआरएनए नागरिकताको विवादास्पद मुद्दामा आफ्नो छुट्टै ‘भिजन’ भएको बताउने मास्के एनआरएनए भएर विदेश बसेर नेपालको राजनीतिक अधिकार सहित नागरिकता खोज्नु बेइमानी भएको बताउंदै भोग चलन, सम्पति अधिकार दिएर राज्यले सम्मान गरेमा अनुग्रहित हुनुपर्ने धारणा राख्छन् ।
एनआरएनए चुनाव पैसा र पहुंचको बलमा होइन, मुद्दाको आधारमा हुनुपर्ने धारणा राख्ने मास्के बेलायत जस्तो देशमा धेरै पद सृजना गरि सबैलाई समेट्ने प्रयास ठिकै भएपनि त्यसको भूमिका नहुने प्रति गम्भीर विमति राख्छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा