काठमाडौं। काठमाडौंमा मंसिर दोस्रो साता आयोजना हुने सार्क शिखर सम्मेलनको समयमा सदस्य राष्ट्रबीच विद्युत व्यापार सम्झौता (पिटिए) हुने भएको छ । सदस्य राष्ट्रहरुबीच विजुली उत्पादन प्रसारण र व्यापार सबै विषयमा सम्झौताको तयारी भएको उर्जा मन्त्रालयका अधिकारीहरुले बताएका छन्। 
विश्लेषकहरुले चर्को उर्जा संकटको सामना गर्दै आएका यस क्षेत्रका देशहरुलाई सम्झौताबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। सदस्य राष्ट्रबीच सार्क क्षेत्रीय प्रशारण लाईन र ग्रीडको विषयमा समेत छलफल भैरहेको अधिकारीहरुले बताएका छन्।
यस्तो व्यापार सम्झौता भए नेपालले भारत र बंगलादेशमात्रै नभएर पाकिस्तानमा समेत विद्युत बेच्ने र आवश्यक पर्दा किन्न सक्नेछ।
असोज अन्त्यतिर भारतको नयाँ दिल्लीमा भएको सार्क क्षेत्रका उर्जा मन्त्रीहरुको बैठकमा प्रारम्भिक सम्झौता भएको थियो। त्यसमा पिटिएको प्रारम्भिक मस्यौदा पारित गरेको थियो। त्यसमा आ-आफ्नो देशका कानुनअनुसार विजुली किनबेच गर्ने, कर तथा भन्सार शुल्कको अन्त्य गर्ने, विद्युत उर्जा तथ्याकंको आदानप्रदान, अन्तरदेशीय प्रसारण लाईन निर्माण, प्राविधिक सहयोग आदान प्रदान, विजुली किनबेचमा आ-आफ्नो देशको कम्पनीलाई स्वीकृती दिने रहेका छन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते