लन्डन । लन्डनस्थित नेपाली दूतावासले आयरल्याण्ड पुगेर नेपालको पर्वतारोहण पर्यटन प्रवद्र्धन गरेको छ । नेपाल आयरल्याण्ड सोसाइटी र दि माउन्टेनेरिङ आयरल्याण्डको सहकार्यमा दूतावासले १२ जुलाई शनिवार नेपाल आयरल्याण्ड माउन्टेनेरिङ एण्ड एड्भेन्चर फेयर नामक मेला आयोजना गरेको हो ।
डव्लिनस्थित रेडिसन व्लु होटेलमा आयोजित उक्त वृहत मेला कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री र डव्लिन लर्ड मेयर क्रिष्टी वर्कले पानसमा दीप प्रज्वलन गरेर संयुक्त रुपमा गरेका थिए ।
उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले सन् १९९९ मा मात्र नेपाल आयरल्याण्ड कुटनीतिक सम्वन्ध स्थापना भएपनि आयरल्याण्डसंग नेपालको सामिप्यता धेरै पुरानो भएको उल्लेख गरे । पछिल्ला वर्ष दुई देशबीचको आपसी सम्वन्ध अझ प्रगाढ बन्दै गएको उल्लेख गर्दै क्षेत्रीले आइरिस स्वयंसेवी, पर्वतारोही र आइरिस नागरिकले कयौं दशकदेखि नेपाल भ्रमण गरेको पनि स्मरण गरेका थिए ।
क्षेत्रीले उर्जा, व्यवसायिक लगानी, प्रविधि हस्तान्तरण, शिक्षा र अनुसन्धान जस्ता क्षेत्रमा विद्यमान अवसरमार्फत दुई देशबीचको सम्वन्ध अझ गाढा बनाउन दूतावासले सेतुको भूमिका निर्वाह गर्ने समेत बताए ।
मन्तव्यका क्रममा डव्लिन लर्ड मेयर क्रिष्टी वर्कले मेलामा सहभागी हुन पाएकामा प्रसन्न हुंदै आयरल्याण्ड र नेपालबीचको सम्वन्ध थप मजवुत बनाउनुपर्नेमा जोड दिए । फिंगल काउन्टी काउन्सिल मेयर म्याग्स् मुर्रेले दुई देशबीच व्यापार व्यवसायको सम्भाव्यता छलफलमा सघाउने इच्छा व्यक्त गरिन् । आयरल्याण्डको नेपाली समुदायसंग निकट रहेकी इमर कोस्टेलोले नेपाली समुदायको हितका लागि सक्दो काम गर्ने अठोट व्यक्त गरिन् ।
नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष एवं नेपाल पर्यटन बोर्ड प्रतिनिधि दीपेशमान शाक्यले आफ्नो संस्थाले नेपालको पर्यटन प्रवद्र्धनमा खेलेको भूमिकाबारे बताए ।
उक्त अवसरमा नेपाल पर्वतारोहण र पदयात्राको लामो अनुभव संगालेका आइरिस पर्वतारोही नोयल हाना, पउल देभानी, टोनी नेशन, डा.प्याट्रिक ओसुलेभान, फ्रेंक नुगेन्ट र जोन लिचले प्रस्तुति समेत दिएका थिए ।
मेलामा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्री, मिलिटरी अट्याची विश्वनाथ घिमिरे, कर्मचारी हरि हड्खले, र दूतावास परिवार, आइरिस नागरिक र नेपालका शुभचिन्तक सहभागी थिए ।
यसैबीच, कार्यवहाक राजदूत क्षेत्रीले आयरल्याण्ड भ्रमणका अवसरमा आइरिस विदेश मन्त्रालय र अन्य विशिष्ट अधिकारीहरुसंग समेत औपचारिक भेट गरि दुई देशबीच रहिआएको कुटनीतिक सम्वन्ध र हितबारे चर्चा गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे