लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युकेको अध्यक्षमा किरण थेबे निर्वाचित भएका छन् ।
महासंघको आइबार अल्डरसटमा सम्पन्न पहिलो अधिवेसनले थेबेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित समितिका उपाध्यक्षमा विश्वासदीप तिगेला, सचिवमा प्रमिला लाबुङ राई, सहसचिवमा नगेन्द्रराज नेम्वाङ र कोषाध्यक्षमा विधाता राई निर्वाचित भएका छन् ।
यसैगरी, अन्य सदस्यहरुमा देवेन्द्र खेरेस, जानुका राई, भावना परिस्कृत सुनुवार, मिलन तमू, कुमार गुरुङ र पुष्पा गुरुङ चयन भएको नवनिर्वाचित अध्यक्ष किरण थेबेले जानकारी दिए ।
महासंघको तदर्थ समितिका अध्यक्ष पूर्ण गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेसनमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बु, नेपाल आदिवासी जनजाति महिला महासंघ, युकेका अध्यक्ष कमला थापा, नेपाल पत्रकार महासंघ, युके शाखाका अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा सचिव देवेन्द्र खेरेसले प्रगति विवरण र कोषाध्यक्ष विधाता राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेसन सम्पन्न गर्न महासंघले एकेन्द्र गुरुङ, नरेश काङमाङ राई र हरिकुमार गुरुङ काजी रहेको एक निर्वाचन समिति गठन गरेको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार