लन्डन । सडक बालबालिकाबीच सन् २०१८ मा मस्कोमा हुने तेश्रो ‘स्ट्रिट चाइल्ड वल्ड कप’ मा नेपालका बालबालिका पहिलोपटक सहभागी हुने भएका छन् । झण्डै ५ वर्षको प्रयासपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको हो । नेपाल सहित २४ राष्ट्रिय टिमले भाग लिने उक्त प्रतियोगितामा विश्वभरका करिब दुई सयभन्दा बढि बालबालिका एकै प्लेटफर्ममा उपस्थित हुने बिहीबार आयोजकले मस्कोमा जनाएका हुन् । स्ट्रिट चाइल्ड युनाइटेडले रसियन फुटबल फेडेरेसनको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो ।
सडक बालबालिकाको रेखदेख र पालनपोषण गर्दै आएको काठमाण्डौंस्थित सेल्टर नामक संस्थाको पहलमा नेपालले प्रतिनिधित्व गर्न पाएको सेल्टरकी अध्यक्ष खुश्बु ओलीले मस्कोबाट जनाइन् । उनले प्रतियोगिताका लागि देशभरबाट बालबालिका छनोट गरिने जनाउंदै यसमा आर्थिक, सामाजिक तथा मानसिक सहयोग गरिदिन सबैमा आग्रह गरेकी छन् ।
विश्व कप प्रतियोगिताको पहलप्रति पोप फ्रान्सिस, बेलायती राजकुमार विलियम तथा आर्चबीसप डेसमण्ड टुटको पनि समर्थन छ । यस अलवा लियोनेल मेसी, पेले, डेभिड बेकहयाम, पूर्व म्यानचेस्टर युनाइटेड म्यानेजर सर एलेक्स फरगुसनले पनि साथ दिएका छन् ।
सिमान्तकृत सडक बालबालिकाको प्रतिभा उजागर गर्न र उनीहरुप्रति समाजमा रहेको नकारात्मक मानसिकता हटाउन प्रतियोगिता उपयुक्त प्लेटफार्म हुने बताइएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा