काठमाडौँ, ३० जेठ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहित वरिष्ठताका आधारमा छ जनाको नाम सिफारिस गरेको छ ।
परिषद्को आज बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जवरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको न्याय परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिनुभयो ।
परिषद्ले उच्च अदालतका न्यायाधीशलाई देहायका उच्च अदालत तथा उच्च अदालतको इजलासमा पाँचजना न्यायाधीशको काजमा सिफारिस गरेको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटन हेटौँडा इजलासमा, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश राजकुमार वनलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा काज सिफारिस गरेको छ ।
त्यसैगरी, उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीश ऋषिराम दवाडीलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा, उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा र उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत सुर्खेतमा परिषद्ले काजमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कामु प्रधानन्यायाधीश पराजुलीको जन्ममिति कायम गर्ने सम्बन्धमा सर्वोच्च अदालतको उल्लिखित आदेश समेतका आधारमा तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति २०१० साल वैशाख १६ कायम गरी त्यसको जानकारी संवैधानिक परिषद्मा पठाइदिने निर्णय गरेको छ । यसले पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला गरेको छ भने उहाँको कार्यकाल ११ महिना छ ।
परिषद्ले उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा तोक्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको छ ।
उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशउपर हालसम्म न्याय परिषद् सचिवालयमा जम्मा २१९ थान उजुरी दर्ता भएको छ । त्यसमध्ये परिषद्ले ६० थान उजुरी फछर्योट भई बाँकी रहेका १५९ थान उजुरीको लामो समयदेखि प्रारम्भिक अध्ययन, अनुसन्धान तथा छानबिनबाट पेस भएको प्रतिवेदनको आधारमा ९३ थान उजुरी तामेलीमा राख्ने निर्णय गरेको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र