लण्डन । नेपाली संघीय समाज, बेलायतले परोपकारको लागि च्यारिटी नाइट कार्यक्रम सम्पन्न गरेको छ । जुन ३ तारिख इम्पायर हल अल्डरसट युकेमा आयोजना गरिएको कार्यक्रम भब्यरुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् । समाजका अध्यक्ष कमल गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दुतावास लण्डनका भूपेन्द्र घिमिरे प्रमुख अतिथि रहेका थिए ।
संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा बेलायतका लागि पार्टी प्रमुख भगवान चाम्लिङ, केन्द्रीय सदस्य तथा बेलायतका उपप्रमुख टेक बहादुर थापा राजेश, केन्द्रीय परिषद सदस्य जंग सुनुवार र केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन अतिथि रहेका थिए ।
नेपालबाट निमन्त्रणा गरिएका पहिचानवादी वरिष्ठ गायक राजन राई विशेष अतिथि रहेका थिए । त्यसैगरी, नेपाली संघीय समाज, बेल्जियमका अध्यक्ष नेत्र थापा मगर अतिथि रहेका थिए ।
बेलायतस्थित एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरूङ, तमुधीँ युकेका अध्यक्ष ज्ञाम गुरूङ, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजीमान याक्सो, किरात राई यायोक्खा बेलायतका अध्यक्ष पदम राई, तामाङ समाज युकेका अध्यक्ष अञ्जु तामाङ, गेसो सभापति कृष्ण कुमार राई, सत्याग्रहका संयोजक ज्ञानराज राई, जनमुक्ति मञ्च युकेका अध्यक्ष नारायणकिशोर पुन, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव कर्मा पहाडी शेर्पा अतिथि रहेका थिए । यस्तै, गोर्खा च्यानलका बिमला सेने, इमेडिया हवका ईश्वर चाम्लिङ र अन्य थुप्रै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरूङले नेपाली जनताको सच्चा राजनीतिक पार्टी संघीय समाजवादी फोरम, नेपाल रहेको दाबी गरे । पुराना राजनीतिक पार्टीहरूले नेपाली जनताको आवश्यकतालाई वेवास्ता गरेकाले संघीय समाजवादी फोरम, नेपालको स्थापना भएको र अबको दश वर्षमा मुख्य राजनीतिक शक्ति बन्ने ठोकुवा उनले गरे । उपाध्यक्ष रत्न थापामगरले स्वागत मन्तब्य दिएको कार्यक्रमलाई केन्द्रीय सदस्य भगवान चाम्लिङ र महासचिव कमल राईलगायत अन्य अतिथिहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रमको दोश्रो भागमा वरिष्ठ गायक राजन राईको विशेष प्रस्तुति रहेको थियो । उनले मेट्न सक्दैनौँ हाम्रो पहिचान, कान थापेर सुनिदेउ बहिनी, शिरैमा मेरो शिरैको टोपी, बोक्दैमा भारी, ए खोली दोभानजस्ता कालजयी गीतहरू गाएर दर्शकहरूको मन जितेका थिए ।
त्यसैगरी, बेलायतका स्थानीय कलाकारहरू गायक सपनकुमार राई, पिताम्बर गुरूङ, भगवान चाम्लिङ र सोनाहाङ राईले पनि गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा सयपत्री कल्चर ग्रुप युकेका कलाकारहरूले बीचबीचमा आकर्षक नृत्यहरू प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रम उपमहासचिव मिलनचन्द्र राई र सचिव बिमला राईले सञ्चालन गरेका थिए ।
च्यारिटी नाइटबाट उठेको रकम नेपालमा परोपकार क्षेत्रमा खर्च गरिने जानकारी संयोजक बालकृष्ण राईले दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार