काठमाडौं। दुई साता छोटो तयारीपछि नेपाली यु-१९ टोली कुवेतमा आयोजना हुने एसिसी मेन्स यु-१९ प्रिमियर ट्रफीमा सहभागी हुने मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।
ट्रफी जित्ने टोली आगामी वर्ष बंगलादेशमा हुने यु-१९ विश्वकप खेल्न पाउने छ। दोस्रो हुने टोलीले विश्वकपमा पुग्न क्वालिफायर खेल्नु पर्ने हुन्छ। शुक्रबारबाट शुरु हुने प्रतियोगिता नोभेम्बर १५ सम्म चल्ने छ। आयोजक कुवेत, अफगानिस्तान साउदी अरब युएइ मलेसिाया रहेका छन्। राउन्ड रोबिनको धारमा प्रतियोगिता सञ्चालन हुने छ। शुक्रबार पहिलो खेल नेपालले मलेसियासँग खेल्ने छ।
निकै छोटो तयारीमा प्रतियोगितामा सहभागी भएपनि प्रतियोगिताको उपाधि जित्ने दावी टोलीका प्रशिक्षक र खेलाडीले गरेका छन्।
यसअघि एसिसी यु-१९ एलिट कप नाममा हुने यो प्रतियोगिताको चार पटक उपाधि नेपालले जितिसकेको छ। सन् २००१, २००३, २००५ र २००७ मा नेपालले प्रतियोगिता जितेको थियो भने सन् १९९९ र २०११ मा उप विजेता नेपाल बनेको थियो। नेपाल यु-१९ विश्व कपमा ६ पटक खेली सकेको छ।
नेपाली युवा टोलीको जीतको प्रमुख आधार यसपटक पनि स्पीनर रहेका छन्। नेपाली टोलीमा पाँच स्पिनरहरु सुशील कँडेल, अर्सद अहमद, प्रेम तामाङ, सुदीप सुनुवार र सुनिल धमला छन्।
यसका अतिरिक्त विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका खेलाडी टोलीमा समावेश छन्। टोलीमा समावेश गरिएका अलराउन्डर आरिफ शेख यसै महिना सम्पन्न भएको आइसिसी डिभिजन थ्री प्रतियोगितामा खेलेका थिए। राजु प्रेम र सुनिलले एसिसि यु-१९ एशिया कप खेलिसकेका छन् भने सौरभ खनाल सन् २०१२ मा अष्ट्रेलियामा भएको यु-१९ विश्वकपमा नेपाली टोलीका सदस्य थिए।
खेल तालिका
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर