जेनेभा (स्विट्जरल्यान्ड), १६ जेठ । मध्य अफ्रिकामा विभिन्न विद्रोही समूहबीच भएको झडपपछि करिब एक महिनाको समयमा ९० हजार मानिस विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले मङ्गलबार जनाएको छ ।
यूएनएचसीआरको जेनेभास्थित कार्यालयले विस्थापितमध्ये करिब ६८ हजार स्वदेशमै विभिन्न स्थानमा विस्थापित भएका छन् भने २० हजारभन्दा बढी कङ्गोमा पुगेको बताइएको छ ।
मध्य अफ्रिकी गणतन्त्रमा विस्थापितमध्ये कैयौँ मानिस खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन् भने केहीले आफन्त कहाँ शरण लिएका छन् भने केही अस्थायी शिविर बनाएर बस्दै आएका छन् ।
पछिल्ला केही हप्ता यता अफ्रिकी गणतन्त्रका विभिन्न (प्रिफेक्चर) क्षेत्र तथा स्थानहरुमा स्थानीय समुदायबीच भएका द्वन्द्वका कारण विस्थापित बनेका हुन् ।
ब्राइया प्रिफेक्चरबाट मात्र करिब ४१ हजार अफ्रिकी जनता हिंसापछि घर छोडेर जीवन रक्षाका लागि विस्थापित भएका यूएनएचसीआरले जनाएको छ ।
यो समयमा सयौँको सङ्ख्यामा महिला, बालबालिका तथा बुढाबुढीको मृत्यु भएको छ ।
राष्ट्रसङ्घका प्रतिनिधिले दिएको जानकारी अनुसार सो क्षेत्रमा विस्थापित समुदायलाई खाद्यान्नलगायत अति आवश्यकीय मानवीय सामग्रीको समेत अभाव भएको जनाएका छन् । यूएनएचसीआरका अनुसार मध्य अफ्रिकामा करिब पाँच लाख नागरिक आन्तरिक रुपमा विस्थापित बनेका छन् ।
द्वन्द्वका कारण एक लाख दुई हजारमध्ये अफ्रिकी नागरिकले कङ्गोमा शरणार्थी जीवन बिताइरहेका छन् ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र