जेनेभा (स्विट्जरल्यान्ड), १६ जेठ । मध्य अफ्रिकामा विभिन्न विद्रोही समूहबीच भएको झडपपछि करिब एक महिनाको समयमा ९० हजार मानिस विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी मामिला हेर्ने संस्था (यूएनएचसीआर) ले मङ्गलबार जनाएको छ ।
यूएनएचसीआरको जेनेभास्थित कार्यालयले विस्थापितमध्ये करिब ६८ हजार स्वदेशमै विभिन्न स्थानमा विस्थापित भएका छन् भने २० हजारभन्दा बढी कङ्गोमा पुगेको बताइएको छ ।
मध्य अफ्रिकी गणतन्त्रमा विस्थापितमध्ये कैयौँ मानिस खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन् भने केहीले आफन्त कहाँ शरण लिएका छन् भने केही अस्थायी शिविर बनाएर बस्दै आएका छन् ।
पछिल्ला केही हप्ता यता अफ्रिकी गणतन्त्रका विभिन्न (प्रिफेक्चर) क्षेत्र तथा स्थानहरुमा स्थानीय समुदायबीच भएका द्वन्द्वका कारण विस्थापित बनेका हुन् ।
ब्राइया प्रिफेक्चरबाट मात्र करिब ४१ हजार अफ्रिकी जनता हिंसापछि घर छोडेर जीवन रक्षाका लागि विस्थापित भएका यूएनएचसीआरले जनाएको छ ।
यो समयमा सयौँको सङ्ख्यामा महिला, बालबालिका तथा बुढाबुढीको मृत्यु भएको छ ।
राष्ट्रसङ्घका प्रतिनिधिले दिएको जानकारी अनुसार सो क्षेत्रमा विस्थापित समुदायलाई खाद्यान्नलगायत अति आवश्यकीय मानवीय सामग्रीको समेत अभाव भएको जनाएका छन् । यूएनएचसीआरका अनुसार मध्य अफ्रिकामा करिब पाँच लाख नागरिक आन्तरिक रुपमा विस्थापित बनेका छन् ।
द्वन्द्वका कारण एक लाख दुई हजारमध्ये अफ्रिकी नागरिकले कङ्गोमा शरणार्थी जीवन बिताइरहेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित