
नवनियुक्त उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार सिंहदरबारस्थित मन्त्रालयमा सोमबार साँझ पदभार ग्रहण पछि मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर ः कालिका खड्का, रासस
काठमाडौँ, २५ वैशाख । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, “ सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु ।” उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको चुनाव सम्पन्न हुने बताउँदै यसलाई अर्थपूर्ण बनाउनका लागि आफू लाग्ने बताउनुभयो । दोसो चरणको स्थानीय तहको निर्वाचन गर्न पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणको जस्तै दोस्रो चरणको चुनाव पनि महत्वपूर्ण छ, चुनावमा केही असहमत पक्ष पनि छन्, ती सबै असहमत दललाई चुनावमा ल्याउने जिम्मेवारी निर्वाह गर्छु ।’
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त