लन्डन । मेडस्टोन गोर्खा बक्सिङ क्लबले गत शुक्रबार २८ अप्रिलका दिन मेडस्टोन टाउनस्थित मोट हलमा पांचौ वार्षिक खुल्ला बक्सिङ्ग प्रतियोगिता गरेको छ । काउन्सिलर तथा उपमेयर माल्कम ग्रीरले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए । राती करिब ८ बजेबाट शुरु भएको उक्त बक्सिङ प्रतियोगितामा जम्मा १४ वटा प्रतिष्पर्धा भएका थिए भने बेलायतभरिका १२ भन्दा बढि क्लबले भाग लिएका थिए ।
सो वार्षिक खुल्ला प्रतियोगितामा मेडस्टोन गोर्खा बक्सिङ क्लबको तर्फबाट ९ जना प्रतियोगीले भाग लिएका थिए भने प्रसंग थापा, यडम बेनार्दुट, बेन्जामिन क्षेत्री र रेश्वन राई तीन राउण्डको खेल पश्चात विजयी भए ।
करिब ६०० दर्शकले भरिएको मोट हलमा स्थानीय नेपालीको पनि त्यतिकै उपस्थिति थियो । क्लबका सचिव दिनेश खड्काको संयोजकत्वमा व्यवस्थित उक्त कार्यक्रममा पदम थापा, बुद्ध गुरुङ, अग्नी थापा, सानु गुरुङ, सन्जीव पाण्डे, मिनु गुरुङ, भेक छन्त्याल, सूर्य तामाङ, भुपाल गुरुङ एवं नेपाली समाजका सदस्यहरुले सहयोग गरेका थिए ।
सो कार्यक्रममा खानपिनको व्यवस्थापन मिना भुजेलले गरेकी थिइन् । मेडस्टोन सी कडेटको अग्रसरतामा आयोजना गरिएको राफलबाट क्लबका लागि २०१ पाउण्ड संकलन भएको थियो ।
पूर्व गोर्खा सैनिक झपट भुजेल र स्थानीय नेपाली समाजका सदस्यहरुको पहलमा सन् २००९ मा मेडस्टोन गोर्खा बक्सिङ क्लब स्थापना गरिएको थियो । भुजेलले नेपालको तर्फबाट सन् १९८८ मा सोल (दक्षिण कोरिया) मा आयोजित ओलम्पिकमा भाग लिनुका साथै दुई पटक सन् १९९१ र १९९२ मा हङकङ च्याम्पियनको उपाधि पनि हात पारि सकेका छन् । त्यसैगरी उनी सन् १९९२ र १९९३ मा बेलायतको आर्मी च्याम्पियन घोषित भएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान