
लन्डन । भाषा, संस्कार र संस्कृति भिन्नभिन्नै रहेका ४
किरातहरु एकै ठाउं एकत्रित भएर सांस्कृतिक कार्यक्रम गरेका छन् । बेलायतमा रहेका चार किरातहरु- राई, लिम्बु, याख्खा र सुनुवारहरुले ‘हामी किराती सारा- एकताको नारा’ भन्दै संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम गरेका हुन् ।
गत शनिबार आसफोर्डस्थित नाचवुल स्कुल सभाहलमा किरात सांस्कृतिक कलाकार संयोजन समितिले प्रथम ऐतिहासिक सांस्कृतिक कार्यक्रम गरेको हो ।
किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात सुनुवार सेवा समाज, किरात याख्खा छुम्मा, किरात राई यायोख्खाको किरात सांस्कृतिक मञ्च र सेवारो कलाकार संघ यूकेको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा आ आफ्नो संस्कृति झल्कने नृत्य तथा मातृभाषाका गीत प्रस्तुत गरिएको थियो ।
कलाकार संयोजन समितिका संयोजक रिटायर्ड क्याप्टेन सुमन चन्द्र राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष तुल छन्त्यालले प्रमुख अतिथिको रुपमा सम्वोधन गरेका थिए ।
कार्यक्रममा एनआरएनए युके उपाध्यक्ष हिराधन राई, किरात राई यायोख्खा अध्यक्ष पदम राई एमवीइ, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजीमान याक्सो, सुनुवार सेवा समाजका अध्यक्ष यादव सुनुवार र किरात याख्खा छुम्माका अध्यक्ष धन रोगुले विशेष अतिथिको रुपमा सम्वोधन गरेका थिए । कलाकार हेम राईको शव्द रचना रहेको सामूहिक गीतबाट सुरुवात गरिएको सो कार्यक्रममा आआफ्नो भेषभुषामा सजिएका कलाकारहरुले पहिलो चरणमा आफनौ मौलिक संस्कृति झल्कने लिम्वुहरुको केलाङ, हाक्पारे, यालाङ, राईहरुको साकेला सीली, सुनुवारहरुको सादर सील र याख्खाहरुको केइ र डोकेनी नाच प्रस्तुत गरे ।
दोश्रो चरणको कार्यक्रममा कलाकारहरु गंगाराज राई, अनिला राई, गौरी साउदेन, आसराज बखिम, विसी राई, निरपुमा राई, इन्द्र पन्धाक, युवराज इस्पो, सुरेन ताम्लिङ, डम्वर सावा, निया देवान, विमला नेयङ लगायत दुई दर्जन बढि चार किराती कलाकारले नेपाली तथा मातृभाषामा सुमधुर गीत- नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विमला लिम्बु र डिल्लीराम राईले सञ्चालन गरेका थिए भने सह संयोजक हेम कुमार राईले सबैलाई स्वागत गरे । भाषा, संस्कार, संस्कृति भिन्नभिन्नै रहेका ४ किरातहरुबीच सम्पन्न कार्यक्रममार्फत आपसमा भाषा संस्कृतिको जानकारी आदानप्रदान गरिनुलाई महत्वपूर्ण मानिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान