लन्डन । बेलायतको स्थानीय राजनीतिमा नेपालीहरुको पनि उपस्थिति बाक्लिंदै गएको छ । पछिल्लोपटक लन्डन बरो अफ हङ्स्लो अन्तर्गत होनवर्थ वडामा भूपू गोर्खा विष्णु गुरुङ काउन्सिलर पदमा विजयी भएका छन् ।
लेवोर पार्टीका तर्फबाट उनले एकहजार एकसय ७० मत ल्याएर काउन्सिलर पद जितेका हुन् ।
२२ मेमा सम्पन्न स्थानीय निर्वाचनमा लेवोरबाट तीन, कन्जरभेटिभ तीन, यूकिप तीन र एक स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा थिए । तीनजना विजयी मध्ये उनी दोश्रो स्थानमा आए ।
अब पार्टीको निर्देशन अनुसार स्थानीय समुदायको हितमा काम गर्ने उनको अठोट छ । भूपू गोर्खा भएका नाताले गोर्खा मुद्दामा सम्भव भएसम्म सहयोग गर्ने उनले जनाए ।
सन् २००६ अन्तिमदेखि लेवोर पार्टीसंग निकट भएका गुरुङ सन् २००९ यता गोर्खा नेपाली कम्युनिटी हङ्स्लोको अध्यक्ष समेत छन् । यही संस्थामा सक्रिय भएर राजनीतिमा स्थानीय वासिन्दासंग हिमचिम र उनीहरुको विश्वास जितेको उनले बताए । हङ्स्लो कम्युनिटी नेटवर्कको वोर्ड सदस्यमा उनको संस्था पनि छ ।
ब्रिटिश आर्मीमा १९ वर्ष सेवा गरि अवकास प्राप्त उनी गोर्खा सौरपानी गाविस, ६ फुन्चोकका स्थानीय वासिन्दा हुन् । समाजसेवी बाबा धन बहादुर तामाङको प्रेरणाले समाजसेवामा आफू आकर्षित भएको उनले जनाए ।
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक