लन्डन । नेपाली संगीतका लोकप्रिय गायक शिव परियार तेश्रो बेलायत भ्रमणका क्रममा यतिखेर लन्डनमा छन् । आइतबार २३ अप्रिल सांझ उनी ‘एक्सप्रेस एनटिभी म्यूजिकल नाइट’ मा हयारोस्थित क्लब केटिएममा प्रस्तुत भए । एक्सप्रेस स्टुडियोले आयोजना गरेको उक्त कार्यक्रम परियारको पहिलो थियो लन्डनवासीका लागि ।
प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी अर्को कार्यक्रम भ्याउन अलिक चटारोमा थिए । राजदूतकै आग्रहमा उनले पहिलो राउण्डमै कर्णप्रिय चार गीत- संगी, अलिकति नजर, कहां थियौ, नभेटी नभेटी… गाएर सहभागीको मन जितिहाले । अन्तिमसम्म अरु हिट आइटम क्या दामी भो, पिलायो साथीले, पागल बनायौ जस्ता दर्जन बढि गीत गाए उनले ।
कार्यक्रममा राजदूत सुवेदीले शिव परियार स्थापित, लोकप्रिय, आफ्नै संघर्ष, संकल्प र प्रतिभाले अग्लो र सग्लो सांगीतिक तारा भएको प्रशंसा गरे । सुगम संगीतमा पुस्तान्तरण प्रसंग उठाउंदै राजदूत सुवेदीले शिव परियार अन्धकार रातमा देखिने जुनकिरी र जुन जस्तो प्रतिभा भएको पनि बताए । आफू नयां पुस्ताले नेपाली कला, संस्कृति, संस्कार, भाषा, भेषभुषा, साहित्य नबिर्सिउन् भन्नेमा लागिरहेको बताउंदै राजदूतले नेपाली समाज समृद्ध, सुशिक्षित, सुविचारित र सुसंस्कृत अनि एकता, सहिष्णुता, समृद्धि, समझदारी र भातृत्व अभिवृद्धिमा आफ्नो प्राथमिकता रहेको समेत बताए ।
प्रसुना कंडेल र बीरेन्द्र श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा एक्सप्रेस स्टुडियोका तर्फबाट दिनेश परियार, बीरेन्द्र श्रेष्ठ र जगन कार्की तथा पत्रकार चिरन शर्माले आफ्ना उत्पादन ‘इभेन्टस एण्ड मोर’ र ‘रियाक्सन वीथ चिरन शर्मा’ शुरु भएको ६ महिना पुगेको जनाउंदै कार्यक्रम अझ गुणस्तरिय बनाउन टिम समर्पित रहेको बताए । उनीहरुले एक्सप्रेस स्टुडियोले फोटोग्राफी, भिडियोग्राफी, गीतार प्रशिक्षण र इभेन्ट म्यानेजमेन्ट गर्ने जानकारी पनि दिए ।
उक्त कार्यक्रममा साउथ हयारोस्थित एक्सप्रेस स्टुडियोको औपचारिक उद्घाटन समेत गरियो । कार्यक्रममा ‘नाम्लो’ ब्याण्डको प्रस्तुति पनि आकर्षक रहयो भने गायिका शर्मिला बर्देवाकी छोरी आंशिका परियारले समेत गाएकी थिइन् ।
तस्विरः नरेन्द्र बस्नेत
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण